२०७७ जेठ २१ गते बुधबारको राशिफल

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

मेष– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ ।

वृष– सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ ।

मिथुन– रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । केही समय लागे पनि नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

कर्कट– भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ ।

सिंह– परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कन्या–अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

तुला– विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ ।

वृश्चिक– श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ ।

धनु– दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ ।

मकर–प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।

कुम्भ– परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ ।

मीन– बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here