२०७७ जेठ २४ गते शनिबारको राशिफल

२३ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

मेष– श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

वृष– पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ ।

मिथुन– मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।

कर्कट– अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ ।

सिंह– बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ ।

कन्या– सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला ।

तुला– अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

वृश्चिक– दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

धनु– प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनग्गे अर्थ लाभ हुनेछ ।

मकर– परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ ।

कुम्भ– प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ ।

मीन– यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । ईष्र्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here