२०७७ जेठ २५ गते आइतबारको राशिफल

२५ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

मेष– श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

वृष– अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला ।

मिथुन– महत्त्वाकांक्षी योजना थालनी हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ ।

कर्कट– स्वास्थ्य कमजोर रहनाले काममा पनि बाधा हुन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

सिंह– अर्थ अभावले पनि मन पिरोलिन सक्छ । मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ । शुभचिन्तकहरूले केही आशा जगाउनेछन् ।

कन्या– समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

तुला– कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । तापनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ ।

वृश्चिक– लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ । साथीभाइको सहयोगले हौसला जाग्नेछ ।

धनु– रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

मकर– कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भ– ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । हिम्मत गर्दा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मीन– अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here