कुलोको पानीमा डुबेर झापामा नाबालकको मृत्यु

१३ असार २०७७, शनिबार मा प्रकाशित

झापा।

झापा शिवसताक्षी नगरपालिका–८ काभ्रे चोक बस्ने मिलनकुमार बिष्टका तीन बर्षीय छोरा सम्यमकुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here