क्वारेन्टिनमा रहेकालाई मनोविमर्श

२४ असार २०७७, बुधबार मा प्रकाशित

गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिकाको वार्ड नं. ६ मा रहेको गौरीगञ्ज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको नव निर्मित भवनको क्वारेन्टिनमा रहेका २९ जनालाई मनोविर्मश सेवा प्रदान गरिएको छ ।

लायन्स क्लब अफ लखनपुरले मनको कुरा आदानप्रदान, मनोसामाजिक विर्मश, मनोचिकित्सकीय परामर्श, व्यायाम र नृत्यको माध्यमबाट क्वारेन्टिनमा रहेका उनीहरुलाई मनोविर्मश प्रदान गरेको हो ।

कोभिड–१९ को महामारीबाट बच्न र रोकथामका लागि हालसम्म कुनै पनि भरपर्दो औषधि उपलब्ध नभइरहेको बेला लायन्स क्लब अफ लखनपुरले मनोविमर्शको माध्यमबाट यो महामारीबाट केही हदसम्म बच्न सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ लखनपुरका अध्यक्ष हेमसागर अधिकारीले बताए ।

क्वारेन्टिनमा रहेका व्यक्तिहरुसँग मनको कुरा गर्दै लायन्स तथा साइको सोसियल काउन्सलर गोविन्दराज कट्टेलले एकलोपन महसुस हुन नदिन, दिक्क लाग्न नदिन र एकछिन भए पनि मनको कुरा साटासाट गर्न मनोविमर्शको कार्यक्रम राखिएको बताए । लायन्स क्लब अफ लखनपुरका अध्यक्ष हेमसागर अधिकारीले जिल्लाभरका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई मनोपरामर्श दिँदै आएको बताए ।

गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाको उपस्थितिमा भएको कार्यक्रममा गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, गौरीगञ्ज प्राथमिक स्वास्थ्य प्रमुख अनुप शर्मा, लायन्सहरु ज्ञाननाथ पौडेल, प्रमोद दाहाल, बबरजंग थापा, बिमल नेपाल, दीपक खड्का, मुकुन्द कँडेल, प्रेम नेपाल, दिनेश दाहाल, नरेन्द्र केसी, कलाकारहरु जितेन मर्डी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई सामान्य व्यायाम र नृत्य समेत गराइएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here