पीसीआर प्रयोगशालाका लागि दमकका सहकारीले दिए रकम

२९ असार २०७७, सोमबार मा प्रकाशित

तुलसीप्रसाद निरौला / बिर्तामोड।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि दमकका १० वटा सहकारीले रकम प्रदान गरेका छन् ।

झापामा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापनाका लागी झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख सहयोग गर्ने घोषणा गरेको थियो ।

त्यही घोषणा अनुसार दमकमा आइतवार आयोजित कार्यक्रमका वीच झापा जिल्ला सहकारी संघ मार्फत दमकका १० वटा सहकारीले एकका लागि एक अभियानलाई ६ लाख ५० हजार ६ सय ४४ रुपैयाँ प्रदान गरेका हुन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नवोदय बहुउद्धेशीय सहकारी संस्था कमल गाउँपालिका –३ ले एक लाख ११ हजार एक सय ११ रुपैयाँ , मेची सहकारी संस्था दमक–६ ले एक लाख दुई हजार दुई सय २२ रुपैयाँ , सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था दमक–६ ले एक लाख एक हजार रुपैयाँ , पूर्व नेपाल बहुउद्धेशीय सहकारी संस्था कमल गाउँपालिका –२ ले एक लाख दुई हजार रुपैयाँ प्रदान गरेको थियो ।

कार्यक्रममा नवोदय साकोसको तर्फबाट संस्थाका अध्यक्ष शरणकुमार पराजुली , मेची साकोसको तर्फबाट संस्थाका अध्यक्ष नारायण भट्टराई, सूर्यदर्शन साकोसको तर्फबाट संस्थाका अध्यक्ष टीकाराज सापकोटा , पूर्व नेपाल साकोसको तर्फबाट संस्थाकी व्यवस्थापक चन्द्रकला ढकालले उक्त रकमको चेक प्रदान गरेका थिए ।

त्यस्तै दर्पण वचत तथा ऋण सहकारी संस्था दमकले ५१ हजार रुपैयाँ , डाँफे वचत तथा ऋण सहकारी संस्था दमकले ५१ हजार रुपैयाँ , नवदुर्गा बहुउद्धेशीय सहकारी संस्था दमकले २५ हजार रुपैयाँ , सूर्यमुखी वचत तथा ऋण सहकारी संस्था दमकले २५ हजार रुपैयाँ , हिमाञ्चल वचत तथा ऋण सहकारी संस्था दमकले २५ हजार रुपैयाँ , दमक बहुमुखी सहकारी संस्था दमकले २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा दर्पण साकोसको तर्फबाट अध्यक्ष रेगीना भट्टराई , डाँफे साकोसको तर्फबाट अध्यक्ष तुलाराम न्यौपाने , नवदुर्गा साकोसको तर्फबाट अध्यक्ष प्रेमकुमार कोइराला , सूर्यमुखी साकोसको तर्फबाट अध्यक्ष चुडामणी ओझा, हिमाञ्चल साकोसको तर्फबाट अध्यक्ष बुद्ध पाण्डे, दमक बहुमुखी साकोसको तर्फबाट अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त रकमको चेक प्रदान गरेका थिए ।

सोही कार्यक्रममा दमकका सामाजिक अभियान्ता नन्दी अधिकारीले २१ हजार एक सय रुपैयाँ र डाँफे वचत तथा ऋण सहकारी संस्था दमकका उपाध्यक्ष सन्तोष श्रेष्ठले ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत , अभियानका साझेदार संस्थाका सदस्यहरु कुमार भट्टराई, कुमारमणी पोखरेल , शिव कँडेल , गजेन्द्र पौडेल , राजेन्द्र चम्लागाईं , वचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष तुलाराम न्यौपाने, वैंक तथा वित्तिय सहकारी संघ केन्द्रीय सचिव चन्द्रकला ढकाल , वैंक तथा वित्तिय सहकारी संघका प्रदेश सचिव खोमप्रसाद वगाले , झापा जिल्ला सहकारी संघका सञ्चालक प्रेमकुमार कोइराला , झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा लगायतलाई रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ भन्दा वढी रकम जुटिसकेको जानकारी दिए ।

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी झापा जिल्ला सहकारी संघले शुरु गरेको सहकारी अभियान कोशेढुङ्गा सावित हुने बताए ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी अभियान मार्फत सहयोग गरिएको वताए ।

सहकारी अभियान मार्फत सहयोग गर्ने दाताहरु वढ्दै गएकाले सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनेमा आफूहरु ढुक्क रहेको अध्यक्ष ढकालले वताए ।

सुरुङ्गा कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि भौतिक संरचना तयार भइरहेको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला साउन १ गतेबाट सञ्चालनमा आउने तयारी गरिएको र त्यसका लागि पीसीआर परीक्षण मेसिन तथा प्रयोगशालाका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here