स्थानीय तह गठनको तीन वर्ष :: जनप्रतिनिधिले ०.५% पनि वाचा पूरा गरेनन् – अध्यक्ष गुरुङ (भिडियो सहित)

२९ असार २०७७, सोमबार ०९:२६ मा प्रकाशित
  • 176
  •  
  •  
  •  
  •  
  •  
  •  
    176
    Shares

बिर्तामोड नगरपालिकामा मेयर पदका लागि गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका जलकुमार गुरुङले स्थानीय तहका जनप्रतिनिधिले शून्य दशमलव ५ प्रतिशत पनि आफूले गरेको वाँचा पूरा नगरको आरोप लगाएका छन् । पूर्वाञ्चल दैनिकसंग कुराकानी गर्दै बिर्तामोड साना सहरी खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष समेत रहेका गुरुङले स्थानीय तहका जनप्रतिनिधि माथि यस्तो गम्भीर आरोप लगाएका हुन् । उनले स्थानीय तहका जनप्रतिनिधिले विकासको भेउ नै नपाएको बताएका छन् । निहीत स्वार्थमा रुमलिदा जनप्रतिनिधिले आफ्नो ठाउँको विकास गर्न नसकेको गुरुङको आरोप छ ।

Advertisement

 

स्थानीय सरकार गठन भएको तीन वर्ष पूरा भएको छ स्थानीय तह गठनसगै निर्वाचित जनप्रतिनिधिले गर्दै आएका विकास निर्माणको कामलाई यहाले कुन रुपमा हेर्नु भएको ? 

 

 – स्थानीय तह गठन भएको पहिलो पटक हो । यो अभ्यासका रुपमा होला । तर, जसरी विकास हुनुपर्ने हो त्यो अनुसारको विकास भने भएको छैन । किन भएको छैन भने स्थानीय तहका जनप्रतिनिधिले कसरी आफ्नो ठाउँको विकास गर्ने हो त्यसको भेउ नै पाएका छैनन् । स्थानीय तहका जनप्रतिनिधि अहिले आफैं नै हराइरहेको अवस्था छ । स्थानीय सरकार अहिले पनि आफूहरुलाई बजेट पर्याप्त छैन भन्दै आएका छन् । अहिले मेरो विचारमा आफूलाई चाहिनेभन्दा पनि बढी बजेट स्थानीय तहसँग छ । म घरी–घ  भन्छु उनीहरुले आफ्नो गाउँ ठाउँको विकास कसरी गर्ने हो त्यसको भेउ चाहिँ पाएका छैनन् । जनताको काम कसरी गर्ने स्थानीय तहलाई कसरी सबल बनाउने भन्ने सोच चाहिँ छैन एकअर्कामा वादविवाद गर्ने, यो भएन त्यो भएन भन्दै आरोप लगाउने र आफूले आफूलाई नै सबै मै हुँ भन्ने किसिमको अहमता बनाएर हिँड्ने र अरुलाई दोष देखाएर अघि बढिरहेको अवस्था छ । अहिले आफूले आफूलाई सक्षम बनाएर हिँड्ने बेलामा दोषारोपण बढी छ स्थानीय तहमा ।

 

स्थानीय तहको चुनावताका उम्मेद्वारहरुले लिएर हिडेका एजेण्ड आफू निर्वाचित भएपछि यो अवधिसम्म आइपुग्दासम्ममा जनअपेक्षा अनुसार पूरा गर्न सके या सकेनन् के लाग्छ यहँलाई ?

 

– त्यो प्रतिबद्धताको त कुरै नगरुँम । २०÷३०औं वर्षदेखि  जुन रुपमा विकास भइरहेको थियो अहिले पनि त्यस्तै नै छ । हिजोका दिनमा जसरी काल्पनिक कुराहरु बोले अहिले पनि अवस्था त्यही नै छ । हिजो काल्पनिक कुरा बोल्दै जनतालाई यो गरिदिन्छु त्यो गरिदिन्छु भन्दै आएका छन् अहिले पनि । यो गरिदिन्छु त्यो गरिदिन्छु भन्नेले त भन्छ आफूलाई भोट ल्याउनका लागि, तर जनता कस्ता ? २०औं ३०औं वर्षदेखि यही कुरा भनिरहेका छन् । भाषण त्यस्तै गरिरहेका छन् । काल्पनिक कुरा गरेर  हिँड्दा समेत जनता किन चेत्दैनन् लु भन्नुहोस् त । जनताले काल्पनिक कुरामा विश्वास गर्दा पनि हाम्रो गाउँठाउँको विकासमा असर परिरहेको छ । हामी विकास निर्माणमा पछाडि पर्नु पर्ने कारण यो पनि हो कि चुनावको समयमा कुनै नेताले मरभन्दा पनि मर्न पछि पर्दैनन् जनता । तर, नेताले आफ्नो पक्षमा नतिजा ल्याएपछिको अवस्था त उही हुन्छ । जनताले दिएको ‘म्यान्डेट’लाई पूरा गर्न नेताले झन दिन–रात मेहनत गर्नुपर्नेमा आफू ठाउँमा पुगेपछि जनता भुलिहाल्ने परिपार्टी छ । त्यसपछि म आफैं उम्रिएको जस्तो ठान्ने प्रवृत्ति छ । यो बिर्तामोड, झापामा मात्रै होइन, देशभरि नै यही अवस्था छ । सबै स्थानीय तहको अवस्था उस्तै छ । अनि कसरी हुन्छ जनअपेक्षा अनुसारको विकास

 

उसो भए यो तीन वर्षमा स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न सकेनन् ?

 

तपाई हामी सबैले देखिरहेका छौं त कुन स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न सके होला त । तपाई आफैं भन्नुहोस् त– धेरै टाढा नजाउन यही बिर्तामोड वरिपरिको मात्रै कुरा गरौं न । चुनावताका गरेका कुराहरु कुन चाहिँ पूरा भएका छन् ? तपाई आफैं पत्रकार । तपाई आफैंले लेख्नुभयो । के भनेका थिए चुनावका बेला जनतालाई उम्मेद्वारले अहिले के चाहिँ पूरा गरे हिजोका दिनमा भनेका कुराहरु । हिजोका दिनमा यो र त्यो गर्छु भनेका कुराहरु मध्ये ०.५ प्रतिशत पनि पूरा भएको मलाई चाहिँ लाग्दैन । बिर्तामोड नगरपालिकाको बजेट हेर्नुहोस् न एक सय १५ करोड रुपैयाँ छ । यो बजेट त सानोतिनो बजेट होइनन् नि । पहिला गाविस हुँदा आठ÷दश लाख धेरै हुँदा २० लाख हुन्थ्यो । त्यसलाई पनि धेरै ठूलो मानिन्थ्यो । अहिले आएर यति ठूलो भोलियममा बजेट आउँदा पनि कोही पनि जनताहरु खुशी भएको म देख्दिनँ । कोही टोलबासी खुशी छैनन् किन छैनन् भने स्थानीय तहका जनप्रतिनिधिले काम गर्ने भेउ पाएका छैनन् । गर्न त खोज्छन् तर भेउ पाएनन् । कसो गर्दा जनताको विश्वास जित्न सकिन्छ भन्ने भेउ नपाउनु नै चुनावताका गरेको प्रतिबद्धता पूरा हुन नसकेको हो ।

हिजो स्थानीय तहलाई समृद्ध बनाउने सपना बोकेर चुनावमा पक्ष प्रतिपक्ष भएर होमिएका उम्मेद्वार मध्ये पराजीत उम्मेद्वारस छलफल गरेर बजेट बनाउने विषयमा स्थानीय तहले ध्यान दिएका छन् कि छैनन् । बिर्तामोडकै कुरा गरौं तपाईस छलफल हुन्छ कि हुदैन बिर्तामोडको बजेट बनाउने विषयमा हिजो तपाई पनि समृद्ध बिर्तामोड निर्माणको सुन्दर सपना बोकेर चुनावमा होमिनु भएको थियो नि

 

– मलाई लाग्छ अझैं २०÷३०औं वर्ष यो खाले सोच आउँदैन । यो खाले सोच अहिलेसम्म आएको नै छैन । जसोतसो चुनाव जितेपछि जनताको म्यान्डेट भुल्छन् नेताले । टिमवर्क भएन भने केही गर्न सकिँदैन । एउटा आर्टिसले कुनै चिजको डिजाइन गर्दा झुर पनि देखिन्छ त्यही चिजलाई अर्काे आर्टिसले डिजाइन ग¥यो भने संसारकै सुन्दर पनि देख्ने गरीको बनाउन सक्छ । त्यसकारण हेराई र सोचाइमा फरक पर्छ । नेपालमा विकास निर्माणका लागि भिजन भएर यो गर्छु यसलाई यसरी सुन्दर बनाउँछु भन्ने भिजन नै नभएर लथालिङ्ग अवस्थामा हिजोकै पाराले यहाँको विकास भइरहेको छ । समृद्ध बिर्तामोड निर्माणका लागि के गरिनुपर्छ ।

 

के गर्दा बिर्तामोड समृद्ध बन्ला हिजो तपाईले देखेका सपना के थिए बिर्तामोडलाई समृद्ध बनाउन ?

 

– मलाई लाग्छ यो समृद्धि भन्ने कुरा पनि धेरै सुनिसकियो । समृद्धि भनेको के ? समृद्धि भन्ने शब्दमा मात्रै सिमित छ । समृद्धिको छेउछाउमा कोही पनि पुगेकै छैनन् । समृद्ध बिर्तामोड निर्माणका लागि शब्दले मात्रै पुग्दैन । काम गर्नुपर्छ । नेपालमा हेर्नुहोस्– भाषण गर्ने काम धेरै भइसक्यो । जनतालाई आश्वासन देखाउने काम बढी भयो । कति देखाउनु जनतालाई आश्वासन < कति सुनाउने आधुनिक रंगशाला बनाउने, कति सुनाउने यो बनाउने त्यो बनाउने बाटो बनाउने भनेर जनतालाई अझैं कति र्वाल्ल बनाउने अनि काम चाहिँ नगर्ने । अब जति सकिन्छ त्यति काम गर्ने हो । अब काम गर्ने समय आयो । यो र त्यो गर्छु भन्ने बेला होइन । नभए अब जनताले पत्याउँदैनन् ।

 

बिर्तामोडको विकासको लागि उसो भए के गरिनुपर्छ अब ?

 

– हुन त साथीहरुले बिर्तामोडको विकासका लागि सोच्नु भएको होला । तर, मेरो विचारमा यहाँको विकास गर्न अध्ययन गर्नुपर्छ । लामो अध्ययन गर्नुपर्छ । अहिले अध्ययन पटक्कै छैन । अगाडि जे देख्यो त्यही मात्रै छ । विकास गर्नका लागि हजार जना मान्छेले कराएर मात्रै विकास हुँदैन । विकास गर्नका लागि दुई÷चार जना सुरो मान्छेहरु भए भने र यही किसिमले स्थानीय तहमा बजेट आयो भने यहाँको विकास गर्न धेरै समय लाग्दैन । यसलाई नेपालकै सबैभन्दा ‘टप’ बनाउन सकिन्छ । मैले भनिरहेको छु सबै मिलेर काम गरौं । काम गर्ने हो भने कोही बोल्नै पर्दैन । काम देखाएपछि किन बोल्ने < अब बुद्धि किन्ने बेला भयो । मान्छेको भाषण किनेर हुँदैन । भाषण सुनेर हुँदैन । अब खुरापात किनेर हुँदैन । अब त आर्टिस किन्ने समय आयो । अब प्राविधिक किन्नु पर्छ । प्राविधिकको जमाना आइसक्यो । संसारमा ३३÷३४ वर्षको मान्छे वल्र्ड रिर्सज गर्छ । बुद्धि बेचेर । हाम्रोमा त अहिले पनि भाषण बेचेर मान्छे फसाउने काम हुन्छ । यसरी भएन । नेपाल आफैंमा सानो छ । भारतको मात्रै जनसंख्या हेर्ने हो भने त्यत्रो छ । तर, नेपालमा तीन करोड जनसंख्यालाई मिलाएर राख्दै सुन्दर नेपाल बनाउने सपना कोहीसँग छैन । अहिले देखिराख्नुभएको छ राज्यमा यत्रो कोरोनाको महामारीमा यो र त्यो गर्ने भन्दै आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन् दलका नेताहरु । जबसम्म नेपालमा भ्रष्टाचार शून्य हुँदैन तबसम्म नेपालको विकास हुँदैन । स्थानीय तहको त कुरा छाडौं न । विकास निर्माण गर्ने पैसा चार÷पाँच जनाको गोजीमा जान्छ । यसरी सिमित मान्छेको गोजीमा पैसा गएपछि कसरी विकास गर्ने ?

 

बिर्तामोडको मात्रै होइन समग्र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो ठाउको विकासका लागि के गर्नु पर्छ ?

– स्थानीय तहका जनप्रतिनिधिले अहिले पनि गरिरहेका छन् आफ्नो ठाउँको विकासका लागि । तर, त्यतिले मात्रै पुग्दैन । अघि मैले भनिहाले धेरै फराकिलो सोच बनाएर अघि बढ्नुपर्छ । ठूलो छाति गरेर यो बल्लो घर कसको, पल्लो घर कसको भनेर हुँदैन । ठूलो काम विकास  गर्न त कहिलेकाँही त्याग पनि गर्नुपर्छ । मैले अहिलेसम्म साथीभाइहरुले कुनै त्याग गरेको देखेकै छैन । कसरी हुन्छ त्यो पल्लो टोलमा मेरो आफ्नो मान्छे बस्छ त्यहाँ बाटो पु¥याउनुपर्छ । बाटो पनि राम्रो होइन जसोतसो बनाउने तीन महिनामा भत्किए पनि भत्कियोस् त्यसरी हुँदैन । जनताले अधिकार दिएका छन् तपाईंहरुलाई आफ्नो ठाउँको विकासका लागि अध्ययन गर्नुहोस्, पढ्नुहोस् कसरी विकास गर्दा आफ्नो ठाउँमा दीर्घकालसम्म राम्रो हुन्छ त्यो बुझ्नुहोस् । अध्ययन नगरिकन केही हुँदैन । स्थानीय तहका कतिपय जनप्रतिनिधिले आफ्नो ठाउँभन्दा बाहिर गएर न त्यहाँको विकास देखेका छन् न देशविदेश गएर त्यहाँको विकास हेरेका छन् कसरी हुन्छ अनि आफ्नो ठाउँको विकास । हेर्नु पर्छ, अध्ययन गर्नुपर्छ, अरुले कसरी विकास गरेका छन् त्यस विषयमा गरिरिएर अध्ययन गर्ने, पढ्ने हो भने मात्रै पनि विकास गर्न गाह्रो छैन ।

 

अबको दुई वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरुले अथवा यही बिर्तामोडका निर्वाचित जनप्रतिनिधिहरुले आफूले चुनावताका गरेका वाचाहरु पूरा गर्लान् ?

 

– अबको के को दुई वर्षमा २५ वर्षमा पनि पूरा गर्न सक्दैनन् । कतिपय मन्त्रीहरुले ५० वर्षसम्ममा पनि मन्त्री भइरहँदा पनि पूरा गर्न नसक्ने सपनाहरु बाँडेका छन् । तर, त्यो पनि जनताले पत्याएका छन् । स्थानीय तहका जनप्रतिनिधिले चुनावका बेला भनेका कुराहरु आफैं बुझ्नुपर्ने हो नि तर बुझ्दैनन् । बहुदलीय व्यवस्था आएको पनि धेरै समय भइसक्यो जनतालाई झुक्याएर मात्रै हुँदैन । जनताले पनि अब बिस्तारै बुझ्नुपर्छ । अब नेताले जता–जता फकाउँछ उतै–उतै होइन को काम गर्न सक्षम छन् त्यो चाहिँ जनताले विचार गर्नुपर्छ । नत्र अबको दुई वर्षमा होइन २०÷२५औं वर्षमा पनि हिजो देखाएका सपना जनता समक्ष गरेका बाचाहरु पूरा गर्न सकिँदैन ।

भिडियो अन्तरवार्ता हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस ।

प्रस्तुति  सुरेन्द्र भण्डारी

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here