बालअधिकार प्रवद्र्धनका लागि सञ्चारकर्मीको भूमिका

२९ भाद्र २०७७, सोमबार मा प्रकाशित

सबैभन्दा पहिला हामीले बालबालिका भनेका को हुन् ? बालअधिकार भनेको के हो ? भन्ने बुभ्mनु नरुरी हुन्छ । त्यसपछि सञ्चारकर्मी को हुन् र उनीहरूको बालअधिकार प्रवद्र्धनमा कस्तो भूमिका हुनुपर्छ भन्ने विषय उठान गर्दा राम्रो हुन्छ । बालबालिका र सञ्चारकर्मी एउटै समाजका भएकाले उनीहरूबीचमा अन्तरंग सम्बन्ध कायम रहेको छ । मात्र के हो भने बालअधिकार प्रवद्र्धनमा सञ्चारकर्मीले खेल्ने भूमिकाले भने महत्वपूर्ण अर्थ राख्छ ।

बालबालिका कसलाई भनिन्छ ?
अन्तर्राष्ट्रिय मान्यता अनुरुप १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका मानिएको छ । विद्यमान कानूनले १६ वर्ष मुनिका व्यक्तिलाई बालबालिका मानेको छ, तर मुलुकी देवानी तथा फौजदारी (संहिता) ऐन, २०७४ मा १८ वर्ष नै कायम गरिएको छ । तसर्थ, आमाको गर्भदेखि १८ वर्षसम्मको उमेर समूहका व्यक्तिलाई बालबालिका भनिन्छ ।

बालअधिकार के हो ?
आमाको गर्भ अवस्थादेखि १८ वर्षसम्मका बालबालिकाहरूको शारीरिक, बौद्धिक, सामाजिक तथा नैतिक विकासका लागि चाहिने न्यूनतम् आवश्यक्ताहरू जस्तै पोषिलो खाना, औषधि उपचार, माया–स्नेह, संरक्षण, शिक्षा लगायत नै बालअधिकार हो । बालअधिकारलाई अझ विस्तृत रुपमा चारवटा विषयगत रुपमा र त्यसभित्र पनि बुंदागत रुपमा हेर्न सकिन्छ । जस्तै ः
बाँच्न पाउने अधिकार ः गर्भवती आमाको सुरक्षा, स्याहारदेखि बालबालिका जन्मेपछि रोगहरूसँग लड्नका लागि लगाइने खोप तथा आवश्यक समयमा उचित औषधि उपचार गरी कुनै पनि कारणले बालबालिकाको मृत्यु हुनबाट रोक्नु बालबालिकाको बाच्न पाउने अधिकार हो ।
विकासको अधिकार ः कुनै पनि भेदभाव बिना बालबालिकाहरूले आप्mनो शारीरिक, मानसिक, सामाजिक, भावनात्मक एवम् नैतिक विकास गर्ने अवसरहरू पाउनुपर्छ । सबै बालबालिकाहरूले शिक्षा पाउने, आपूmले जानेको र रुची राख्ने खेलकुदमा क्षमता अनुसार सहभागी हुन पाउनु, मनोरञ्जन गर्न पाउने, सिप सिक्न पाउने जस्ता बालबालिकाको विकासको अधिकार हो ।
संरक्षणको अधिकार ः बालबालिका शारीरिक र मानसिक रुपमा हुर्कदै गरेको अवस्थाका व्यक्तिहरू भएकोले उनीहरूलाई हाम्रो घर, समाज लगायतबाट समस्याहरू आइपर्न सक्छ । सबै खतराजन्य परिस्थितिबाट उनीहरूलाई सुरक्षित राख्नुपर्छ । उमेर नपुगेका बालबालिकाहरूलार्य श्रममा लाग्नबाट जोगाउनु, बेचबिखन, यौन दुव्र्यवहार, हिंसा, लडाइँ, झगडा, गरिबी, प्राकृतिक प्रकोप, कुलत, दुव्र्यशन लगायत अन्यखाले जोखिमबाट संरक्षण पाउनु पनि बालबालिकाको अधिकार हो ।
सहभागिताको अधिकारः बालबालिकाहरूले आप्mनो जीवनमा असर पर्ने विषय र गतिविधिहरूमा र त्यस सम्बन्धी नीति तय गर्दा, निर्णय गर्दा बालबालिकाहरूले सहभागी हुन र आप्mना विचारहरू राख्न पाउनुपर्छ । आप्mनो घर, गाउँ–टोल, समाज, विद्यालय, संस्था, समूह, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत बालबालिकाको विषयमा हुने छलफल तथा निर्णय, नीति नियम निर्माण एवम् कार्यक्रम तय गर्दा आप्mनो विचार ठीक तरिकाले ठीक ठाउँमा राख्न पाउने सहभागिताको अधिकार पनि बालअधिकार हो ।

सञ्चारकर्मी (पत्रकार) को हुन् ?
जसले समाजमा भए गरेका घट्ना वा विषयहरूलाई सूचना, समाचार, लेख–रचना, बस्तुपरक विश्लेषण, प्रेरणदायी रिपोर्ट, चित्र, दृश्य एवम् आवाजलाई सञ्चारमाध्यम मार्फत समाजलाई सचेत, सतर्क र जानकार बनाउने व्यक्ति नै सञ्चारकर्मी हुन् । पत्रकार पनि हाम्रै समाजका व्यक्ति हुन् । समाजलाई कानूनी राज्यको अनुभूत गराउन सुरक्षित, सुसंस्कृत र समृद्ध बनाउने कार्यमा प्रमुख भूमिका रहने सञ्चारकर्मीको बालबालिका, महिला, बृद्ध, फरक क्षमता भएका वर्गको र समुदायको आवाज सोरोकारवाला पक्षसम्म पु¥याउने कार्यमा पनि सञ्चारकर्मीको प्रमुख भूमिका रहन्छ । राज्य, सरोकारवाला निकाय र समाजलाई जोड्ने पुलको भूमिका निर्वाह गरेर मुलुकलाई समुन्नत बनाउने जिम्मेवारी पनि सञ्चारकर्मीको हो ।
बालअधिकार प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका
नेपालको संविधान, २०७२ ले बालअधिकारलाई मौलिक हक अन्तर्गत समेटेको छ भने बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनु राज्यको नीति हुने कुरा समेत स्पष्ट उल्लेख गरेको छ । बालबालिका समाजका संवेदनशील समुदाय हुन् र यिनी सम्बद्ध विषय बहुआयामिक र बहुपक्षीय हुने गर्दछ । तसर्थ, बालबालिकासँग सरोकार राख्ने सबै निकाय र तहमा बालसंवेदनशीलता हुनु अपरिहार्य छ । अझ, राष्ट्रको चौथो अंग सञ्चारमाध्यम बाल संवेदनशील भएमा बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान हुनेछ । तसर्थ, बालबालिकासँग सम्बन्धित रिपोर्टीङ्ग गर्ने सन्दर्भमा सबैको अवधारणात्मक स्पष्टतासहितको निश्चित स्तर कायम गर्न, बालअधिकारको सम्मान, संरक्षण तथा प्रवद्र्धनमा सञ्चारमाध्यमको प्रभावकारी भूमिका निर्वाहमा थप सहयोग पु¥याउन बालमैत्री सञ्चार निर्देशिका, २०७३ समेत जारी भइसकेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना, विज्ञापन तथा विचारमूलक लेख वा कार्यक्रम उत्पादन, वितरण एवम् सम्प्रेषण गर्ने संघ–संस्था, निकाय, कम्पनी लगायत सेवा प्रदायक र सोबाट प्रदान गरिने सेवा, बालबालिकासँग सम्बन्धित विषयहरुलाई सही ढंगले सम्प्रेषण गर्न र बालबालिकालाई थप हानी हुनबाट जोगाउन सञ्चारकर्मी संवेदनशील हुनुपर्छ ।
नेपालमा कूल जनसंख्याको झण्डै ४५ प्रतिशत संख्या १८ वर्ष मुनिका बालबालिकाको छ, तर बालबालिकाको जीवनमा प्रत्यक्ष असर पार्ने क्षेत्रहरुको निर्णय प्रक्रिया तथा राज्य संयन्त्रमा उनीहरुको प्रत्यक्ष पहुँच हुँदैन । बाल संरक्षणको दृष्टिकोणले सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यतानुरुप १८ वर्ष मुनिकालाई बालबालिका मानिएको छ । बालबालिका समाजको संवेदनशील र नाजुक अवस्थामा रहेका समूह हुन् भने तिनको विषय सबैसँग सम्बन्धित छ । समाजमा विद्यमान असमान सामाजिक शक्ति सम्बन्धहरुका कारण बालबालिका उच्च जोखिममा पर्न सक्छन् साथै प्राकृतिक प्रकोप हुन् या युद्ध र हिंसा जस्ता मानवीय प्रकोप, हड्ताल हुन् या भैmं–झगडा, रोगब्याधी, भोकमरी, आधारभूत सेवाको अभाव आदि सबैको असर बालबालिका माथि नै पर्छ । सबैभन्दा महत्वपूर्ण तथ्य भनेको बाल्यकालमा भोगाईको असर जीवनपर्यन्त रहन्छ । बालबालिकाले अनुभव गर्ने कुनै पनि जोखिम, गरिबी, अभाव, तनावका असर बहुआयामिक हुन्छ र वयस्कभन्दा अलग हुन्छ । बालबालिकाको जटिल शारीरिक, मनोवैज्ञानिक र बौद्धिक विकासमा कुपोषण, रोग, दुव्र्यवहार, हिंसा, शोषण जस्ता कुराले वयस्कलाई भन्दा भिन्न र गम्भीर असर पु¥याउँदछ । बालबालिका सहयोग र संरक्षणका लागि वयस्कमा निर्भर हुन्छन् र खासगरी अभिभावक, परिवारविहीनताले जोखिम बढाउँछ । वयस्कहरुका अगाडि बालबालिका कम महत्व दिइएको समूहभित्र पर्दछन् ।
छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यममा क्रियाशील पत्रकारहरु तथा प्रकाशन वा प्रसारण हुने समाचारमाध्यमहरु शिष्ट, मर्यादित, जवाफदेही भई उच्च व्यवसायिक धर्म निर्वाह गर्न बाल संवेदनशील हुनु अत्यावश्यक छ । बालबालिकाको हितलाई अक्षुण राखी उनीहरुको सहभागिता सम्बन्धी अधिकारको सूचनामूलक, सन्देशमूलक वा अन्य सामग्रीको उत्पादन, प्रकाशन वा प्रसारणका सन्दर्भमा विद्यमान कानून अनुसार बालबालिकाको सर्वोत्तम हितलाई सर्वोपरी ठान्दै उनीहरुको संरक्षण र संवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । कुनै पनि प्रकाशित वा प्रसारित सामग्रीले बालबालिकामा हानि नपुगोस् र थप पीडित नबनाओस् भन्ने ध्येयका साथ उच्चतम् व्यवसायिक अभ्यासका निम्ति पत्रकार र सञ्चारमाध्यमलाई अझ अभिप्रेरित गरी आम सञ्चारका क्षेत्रहरू बाल संवेदनशील बन्नुपर्छ । समाचारका विषयहरु र सोसँग बालबालिकाको सरोकार तथा ती विषयवस्तुले पार्ने प्रभाव र समग्रमा बालबालिकासँग सम्बन्धित हुने विषयहरुमा बाल संवेदनशीलता हुनु जरुरी हुन्छ । बालबालिका सम्बन्धी घटना विशेषः जस्तैः यौन दुव्र्यवहार, विद्यालयमा सजाय, अलपत्र बालबालिका, श्रमशोषण, दुव्र्यवहार आदिका समाचारमा बाल संवेदनशीलताप्रति बिशेष ध्यान दिनुपर्ने हुन्छ । आमसञ्चारमा बालबालिकाको पहुँच सहजै हुने हुँदा प्रस्तुत सामग्रीले बालबालिकालाई नकारात्मक असर नगरोस् भन्नका लागि प्रकाशित तथा प्रसारित सामाग्रीप्रति बाल संवेदनशीलता अपनाइनुपर्छ । बालबालिकाका लागि लक्षित सामग्री आमसञ्चारमा प्रकाशन वा प्रसारण गरिने विज्ञापन, टेलिश्रृंखला, रियालिटी शोल, बालपृष्ठ, बाल कार्यक्रम, बालबालिकाका तयार गरिएको कार्यक्रम, कार्टुन लगायतको कार्यक्रम सन्दर्भमा बाल संवेदनशीलता अपनाइनु पर्दछन् ।
कुनै पनि बालकको चरित्रमा आघात पर्ने किसिमको निजको व्यक्तिगत घटना, विवरण वा फोटो प्रकाशन, मुद्रण, प्रदर्शन वा वितरण गर्नुहुँदैन भनी बालबालिका सम्बन्धी ऐन, २०४८ मा बालमैत्री सञ्चार सम्बन्धी भएको व्यवस्थामा उल्लेख छ । सोही ऐनमा बालबालिकाको गोप्य विवरण प्रयोगमा ल्याएमा वा प्रकाशित गरेमा तीन हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ र कसुरसँग सम्बन्धित पत्रपत्रिका तथा पुस्तक समेत सबै जफत गरिनेछ भनिएको छ । बालबालिका सम्बन्धी राष्ट्रिय नीतिमा इन्टरनेट, इमेल, मोबाईल जस्ता विद्युतीय सेवा प्रदायकले बाल यौन दुव्र्यवहार नहुने गरी मात्र सूचना प्रवाह गर्ने व्यवस्था गरिनेछ । एचआइभी÷एड्स संक्रमित बालबालिकाको पहिचान खुल्ने विवरणलाई गोप्य राख्ने व्यवस्था मिलाइने उल्लेख छ ।
पत्रकार आचारसंहिताले के भन्छ ?
नेपाल पत्रकार महासंघ समेतको सहमतिमा प्रेस काउन्सिल ऐन बमोजिम २०६० सालमा जारी गरी लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि २०६४ सालमा परिमार्जित पत्रकार आचारसंहिताको बुँदा नम्बर १० बाल संवेदनशीलताका दृष्टिले उल्लेखनीय रहेको पत्रकार आचारसंहितामा समेत उल्लेख छ । अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति, पिछडिएका वर्ग, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक समुदाय, महिला तथा बालबालिकाको उत्थान र विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग पु¥याउनु पत्रकार र सञ्चारमाध्यमको सामाजिक दायित्व हो । बालबालिका सम्बन्धी सामग्री संकलन तथा सम्प्रेषण गर्दा बाल संवेदनशीलता प्रतिकूल हुने गरी बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानी हुने गरी समाचार संकलन तथा सम्प्रेषण गर्नुहुँदैन । कानून विपरीत कार्य वा बाल बिझ्याईमा संलग्न बालबालिका सम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बालन्यायको सिद्धान्त विपरीत गोपनीयता खोल्नु हुँदैन । आपराधिक गतिविधिमा संलग्न बाबु–आमा वा परिवारका सदस्यहरुको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मुछ्नु हुँदैन । १६ वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तरवार्ता वा तस्विर अभिभावक, संरक्षक वा परिवारको अनुमति बिना लिनुहुँदैन ।
बालअधिकारको संरक्षण तथा प्रवद्र्धनमा सञ्चारमाध्यमको प्रभावकारी भूमिका निर्वाहमा सञ्चारकर्मी, सञ्चारसँग सम्बन्धित संघ–संस्था, बालअधिकारकर्मी, विज्ञहरु, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सारोकारवाला निकायहरू सबैको साथ सहयोग र ऐक्यबद्धताको खाँचो पर्दछ । बालअधिकार प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिकाको प्रभावकारी कार्यान्वयनका लागि छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यममा क्रियाशील पत्रकारहरु तथा प्रकाशन वा प्रसारण हुने समाचारमाध्यमहरु सबैमा समबुझाईका साथ प्रतिबद्धताको आवश्यकता छ । अन्त्यमा, आजका बालबालिका भोलीका देशका भविष्य हुन् । आज बालअधिकार सुनिश्चित गर्न सके भोलि देशको भविष्य निश्चित हुन्छ । सञ्चारमाध्यममा बालबालिकासँग सम्बन्धित विषयलाई प्राथमिकता दिएर संवेदनशीलताका साथ सूचना, जानकारी सम्प्रेषित गरी बालबालिकाको समग्र हितका लागि सरोकारवालाहरुको जिम्मेवारी तथा उत्तरदायित्व वहनमा योगदान पु¥याउने कार्यमा सम्पूर्ण सञ्चारमाध्यमलाई आपसी समन्वय, सहकार्य, सहयोग र समझदारीका साथ क्रियाशील रहन हार्दिक अनुरोध गर्दै बालमैत्री सञ्चारमाध्यका साथ अगाडि बढ्न अपिल समेत गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here