सस्तो बजारले तोड्यो बजारको एकाधिकार – श्रव्यदृष्य सामग्री सहित

६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

बाह्रदशी गाउँपालिका ३ राजगढ निवासी चान महमद १४ वर्ष बिदेश बसे । साउदी अरवमा रहेको विश्वमा नाम चलेको कम्पनी लुलु हाइपर मार्केटमा सामान्य कामदारदेखि उनले जनेरल मेनेजरसम्मको पोष्टमा रहेर काम गर्ने अबसर प्राप्त गरे । जुन कम्पनीमा ३० हजार नेपालीहरु मात्रै श्रमिकका रुपमा काम गर्थे ।


सामान्य परिवारमा जन्मिएका उनी एसएलसी पछिको उच्च शिक्षा अध्ययनका क्रममा अवसरको खोजीमा थिए । सोही क्रममा उनी बैदेशिक रोजगारीका लागि साउदी गए । जहाँ उनले इमान्दार भएर अथक मेहनत र परिश्रम गरेकै कारण थुप्रै अबसर पाए । कामकै दौरानमा उनले पैसा मात्र कमाएनन् सीप समेत सिके । उनले सोही क्रममा विश्व वजार बुझ्न भ्याए । विश्वमा गरिने ब्यापार, ग्राहकलाई केन्द्रीत गर्ने तौल तरिका र ग्राहकलाई बढी भन्दा बढी सामग्री कसरी बिक्री गर्ने सकिन्छ भन्ने राम्रो ज्ञान आर्जनपछि उनी नेपाल फर्किए । फलस्वरुप आफ्नै ठाउँ राजगढमा साढे पाँच करोड रुपैयाँ लगानी गर्दै ‘एभरेष्ट सस्तो बजार’ र ‘एभरेष्ट डिजिटल सिनेमा हल’ सञ्चालनमा ल्याए । जसका कारण राजगढको मुहार फेरिएको छ नै दक्षिण क्षेत्रका सर्बसाधारण समेत अहिले उनको काम प्रति खुशी देखिएका छन् ।


बजारको एकाधिकारलाई तोड्दै महमदले जिल्लाकै सस्तो बजार सञ्चालनमा ल्याएपछि अहिले सस्तो वजारमा सामग्री खरिद गर्ने आउनेको भीड नै लागेको छ । दक्षिण क्षेत्रको पुरानो बजारको रुपमा चिनिएको राजगढमा अहिले सस्तो बजार सञ्चालनमा आएपछि अन्य व्यवसायीले समेत सामग्रीको मूल्य समायोजन गरेका छन् । डिलरले बिक्री गर्ने सामग्री भन्दा सस्तो मूल्यमा उनले सर्वसाधारणलाई सबै प्रकारका सामगी प्रदान गर्न थालेपछि राजगढबाढी उत्साहित भएका छन् ।

श्रव्यदृष्य सामग्री –

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here