२०७७ कात्तिक ६ गते बिहीबारको राशिफल

५ कार्तिक २०७७, बुधबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रयत्न गर्दा विग्रहको सोच बदल्न सकिनेछ । प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुटाउने प्रयास गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रयत्न गर्दा अप्ठ्यारो ठानिएको काम पनि बन्न सक्छ । समाजमा किर्ति बढ्ने काम सम्पादन होला । मेहनत गर्दा कृषि र व्यापारमा राम्रो फाइदा उठाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

स्वास्थ्यमा भने उच्च रक्तचाप, ज्वरो तथा छातीको समस्याले सताउने सम्भावना देखिन्छ । खानपानमा विचार गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

विभिन्न अवसर जुट्नाले यो महिना लाभदायक रहनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

काम देखाएरै मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ । उद्योग–धन्दामा पनि सफलता पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आर्थिक पक्षमा राम्रै उन्नति भए पनि इष्र्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा
गर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दाजुभाइमा असमझदारी बढ्ने सम्भावना छ । केही शक्तिशाली व्यक्तिहरूसँग मतभेद हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पहिलेका सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन् । आफ्नो उपलब्धि र प्रतिष्ठा जोगाउन बोली–व्यवहारमा संयम रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

महिना केही संघर्षमय रहनेछ । फजुल खर्च बढ्नेछ । अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन् । वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष भइरहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

परिस्थितिले नयाँ जिम्मेवारी दिलाउनेछ । प्रयत्न गर्दा आँटले काम लिन सकिनेछ । लगनशीलताले फाइदा होला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here