बसले किच्दा एक वृद्धाको मृत्यु

0
618

खोटाङ ।

खोटाङको दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरीका ७५ बर्षीया चन्द्रकुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ ।

आज विहान छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्रकुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बस र बस चालक सुनसरी बराहाक्षेत्र–४ का ३५ बर्षीय दलबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here