अर्जुनधारामा ‘चेअक’द्वारा डोर कार्यक्रम सुरु

0
996

अर्जुनधारा ।

चेम्बर अफ कमर्स अर्जुनधाराको आयोजनामा सोमबारदेखि तीन दिवसीय डोर कार्यक्रम सुरु भएको छ ।

नगरमा रहेका व्यवसायीहरुलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष पुष्पप्रसाद रेग्मीले बताए ।

गुणस्तर तथा नापतौल कार्यालय झापाका सहायक निरिक्षक अनुजा घिमिरे, सिनियर मिस्त्री विजयनन्द चौधरी र कार्यालय सहयोगी पूना घिमिरे रहेको डोर टोलीले व्यवसायीहरुको काँटा, ढक, तराजु र डिजिटल काँटाहरुको गुणस्तर तथा नापतौल जाँचसँगै दर्ता नविकरण गरेका थिए ।

चेम्बर अफ कमर्सका सचिव पूष्प प्रसाईंका अनुसार कार्यक्रमको पहिलो दिन २३ जना व्यवसायीले सेवा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here