बिराज पेन्ट्सको अन्तरक्रिया , व्यवसायी राजवंशी सम्मानित

0
993

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

झापा राजगढका युवा व्यवसायी टोपेन्द्र राजवंशी बिर्तामोडमा सम्मानित भएका छन् ।

बिराज पेन्ट्स प्रालि चितवनको आयोजना तथा विराज पेन्ट्सको मेचीका लागि आधिकारिक विक्रेता नेरोल्याक टेडर्स बिर्तामोडको संयोजनमा बिराज पेन्ट्सका मेचीका डिलरहरुवीच भएको अन्तरक्रिया कार्यक्रममा युवा व्यवसायी राजवंशीलाई सम्मान गरिएको हो ।
कलर्स हार्डवेयर राजगढका सञ्चालक राजवंशीलाई सवैभन्दा वढी विराज पेन्ट्सले उत्पादन गर्दै आएका रंगहरुकोे विक्री गरेको भन्दै मेचीको उत्कृष्ट विक्रेताको रुपमा सम्मान गरिएको विराज पेन्ट्सको मेचीका लागि आधिकारिक विक्रेता नेरोल्याक ट्रेडर्सका सञ्चालक मिलन शिवाकोटीले बताए ।

कार्यक्रममा बिराज पेन्ट्स प्रालिका सञ्चालक दीपक ढुङ्गानाले बिराज पेन्ट्स प्रालिले बिराज सिमेन्ट प्राइमर, शिखर सिमेन्ट प्राइमर, बिराज डिस्टेम्पर, फेवा डिस्टेम्पर, बिराज गोल्ड कलर, वेदर वारीअर, वालमाईन इनामेलहरु , ड्याम प्रुफ , सिल्कन, टेक्चर इमोल्सन, वेदर कोट, उड प्राइमर, मेटल प्राइमर लगायतका रंगहरु उत्पादन गर्दै आइरहेको बताए ।
कार्यक्रममा बिराज पेन्ट्सका सञ्चालकहरु जयराम ढुङ्गाना, जगनाथ भट्ट, बिराज पेन्ट्सका नेपालका मार्केटिङ मेनेजर सन्दीप नेपालले घरको प्राकृतिक र कलात्मक सजावटका लागि बिराज पेन्ट्स उपयोगी भएको बताएका थिए ।

त्यस्तै डिलरका सञ्चालकहरुको तर्फबाट अग्रज व्यवसायी युवराज संग्रौला, टोपेन्द्र राजवंशी, गोपाल सापकोटा, भक्ति पाठकले विराज पेन्ट्स छोटो समयमै मेची अञ्चलका बजारहरुमा स्थापित हुन सफल भएको बताएका थिए ।

कार्यक्रममा सहभागी बिराज पेन्ट्सका मेचीका डिलरहरुका सञ्चालकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिराज पेन्ट्सको मेचीको लागि आधिकारिक बिक्रेता नेरोल्याक ट्रेडर्सका सञ्चालक मिलन शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संचालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here