
संगीता रौनियार
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे अहिलेका युवापुस्ता मग्न भइरहेका छन् । हातमा गुलाफको रातो फूल, प्रेम निवेदन र घुमफिरको दिन हो प्रेम दिवस । यो युवाको प्रिय चाड नै भइसकेको छ ।
यो दिन आउनु अघि नै युवा प्रेमको रङ्गमा रंगिएका हुन्छन् । उनीहरु महिना दिन अघिदेखि नै यसको तयारीमा जुटेका हुन्छन् । ठूलावडालाई प्रेम दिवस जति नै असहज किन नलागोस् युवा मनका निम्ति यो आत्मीय चाड हो । १४ फेव्रुअरीलाई विभिन्न देशमा रोमान्स र मायाको पर्वको रुपमा मनाइन्छ ।

क्याथोलिक र रोमनहरुको यो चाड आज संसारभरिका युवाका लागि मनपर्ने चाडको रुपमा प्रख्यात भई सकेको छ । यो चाडको प्रारम्भ शुरुवात कसरी भयो ? भन्ने विषयमा भिन्दाभिन्दै धारणा छ । हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए । राजाको सोच थियो– सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन् ।
भ्यालेन्टाइन पादरी थिए, उनले राजाको आज्ञाविरुद्ध धेरैको विवाह गराए, फलस्वरुप राजाले उनलाई दण्डस्वरुप फाँसी दिए । १४ फेव्रुअरीको दिन नै भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो र त्यही दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस ‘सेन्ट भ्यालेन्टाइन डे’ को रुपमा बिख्यात भयो ।
पश्चिमी सभ्यताको चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश ग¥यो र प्रचलित भयो । यो दिन युवा– युवतीको चाहना र माया व्यक्त गर्ने दिनका रुपमा प्रख्यात भएको छ । आजका युवाले जुन भावले पश्चिमी सभ्यता र फेशनलाई स्वीकार गरेका छन्, त्यसैगरी मदर्स डे, फादर्स डे, फ्रेन्डशीप डे, भ्यालेन्टाइन डे पनि सहजरुपमा स्वीकार भएका छन् । आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । प्रर्दशन र नक्कल गर्ने होड नै चलेको छ । आज जुन युवा– युवतीको प्रेमी–प्रेमिका हुँदैन त्यसलाई पिछडिएका डल डम भन्ने बुझिन्छ ।
आजका युवा मस्तिष्कले मात्र होइन मनले पनि यो चाड प्रति संवेदनशील छ । क्याम्पसकी एक छात्राको राय छ– ‘भ्यालेन्टाइन डे मनाउनुमा के नराम्रो छ र ? जिन्दगीको गोरेटोमा हामीलाई अंकुश होइन खुशी, माया र स्वतन्त्रता चाहिएको छ । सँगसँगै पढ्दा, घुम्दा कार्य गर्दा प्रेमको अंकुरण, प्रस्फुटन हुन्छ, जुन स्वभाविक र सहज हो । यसमा आश्चर्य भन्ने कुरै छैन । समयको विकास सँगै भ्यालेन्टाइन डे मनाउने परम्परामा पनि भिन्नता देखा परिरहेको छ ।
पहिला–पहिला आफ्नो भाव आँखाले इशाराले व्यक्त गर्ने गर्थे ।
१९औं शताब्दीमा प्रेमपत्र आदान–प्रदान गरेर भावना व्यक्त गर्थे, पछि १९६० को बेलादेखि रातो गुलाफ र फूलका गुच्छा (बुके) दिने चलन आयो । १९८० देखि डायमन्ड कम्पनीहरुले विभिन्न डिजाइनमा गहना डिजाइन गरी त्यसको भव्य प्रचार प्रसार गर्न थाले । तर, धेरैजसोले कार्ड, खेलौना मुटु आकारको खेलौना, लकेट, चकलेट इत्र (पर्फयुम) मग तथा फूल उपहार दिन मन पराउन थाले ।
यो दिन प्रायः रातो गुलाफले किन दिइन्छ भने गुलाफको फूल मायाको प्रतिक हो, संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो, जसले केवल प्रेम र मायाको भाषा अभिव्यक्त गर्छ । धेरै जनाको विचार छ– ‘यो मात्र युवाको चाड हो, तर यो माया र प्रेमको चाड सबैको लागि हो यो दिन प्रत्येक युगल जोडीले प्रेम गर्न सक्छन् यो दिन श्रीमान्÷श्रीमातीले आफ्नो–आफ्नो जोडीलाई माया र प्रेमको चिनो दिन कच्जुस्याइँ गर्नुहुँदैन । कुनै सीमा हुँदैन यो जो सुकैसँग हुन सक्छ ।
भ्यालेन्टाइन डेलाई लोकप्रिय बनाउनमा आर्चिज कम्पनीको ठूलो हात छ । आर्चिज कम्पनीले आफ्नो उत्पादन कार्डसमा मुटु आकारको मग, खेलौना, स्टेसनरी, प्रेम सन्देश गहना, पर्फयुम (इत्र), गृह सज्जाको सामान (प्रमोट) उत्पादन गरेका छन् । यसैदिन कतिपय होटलहरुले गीत, नृत्य, संगीतको रङ्गरङ्ग कार्यक्रमको पनि आयोजना गर्ने गर्छन् । यो दिनमा अरुलाई फाइदा होस् वा नहोस् ।
तर, फूलका व्यापारीहलाई धेरै फाइदा हुन्छ । यो दिन एउटा गुलाफको कोपिलाको मूल्य दुई सय रुपैयाँसम्म पुग्छ । सक्कली मात्र होइन नक्कली गुलाफको बिक्री पनि उत्तिकै हुन्छ । कुनै पनि चाडको आफ्नो मौलिकता हुन्छ, त्यसकारण यसलाई सभ्य र सु–संस्कृत तरिकाबाट मनाउनुपर्छ । अश्लीलता भद्दा प्रदर्शनबाट बच्नुपर्छ । माया प्रदर्शन गर्ने होइन। माया महशुस गर्ने हो, पार्टनरको मन जबरजस्ती होइन शालीन मन, व्यवहारबाट जित्नु पर्छ ।
विश्वास र नम्रताको साथ आफ्नो भावना व्यक्त गर्नुपर्छ । यससँगै आफ्नो हैसियत र सामथ्र्यको अनुसार यो चाड मनाउनुपर्छ । अरुको लहलहैमा लागेर आफ्नो बजट बिगार्न मुख्र्याइ हुन सक्छ । तसर्थ, प्रेम दिवस मनाउनुहोस् ।
तर, सीमाभित्र रहेर किनभने माया व्यक्त गर्न, एउटा छड्के नजर नै पर्याप्त हुन्छ । माया, प्रेम यस्तो अभिव्यक्ति हो यो मुखले नबोली आँखाबाट पनि बोल्न सक्छ । प्रेम दिवसमा सबैका माया प्रेम प्राप्त होस् शुभकामना छ ।
sangitarauniyar3@gmail.com


























