बिर्तामोडस्थित सैनिकमोडमा होटल सेभेन इन सञ्चालनमा

0
833

झापा, झापाको बिर्तामोडस्थित सैनिकमोडमा शुक्रवारदेखि सेभेन इन होटल सञ्चालनमा आउने भएको छ ।

युवा व्यवसायी प्रकाश घिमिरेले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएका हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य सचिव हुन् । होटलको एक कार्यक्रमबीच राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले होटलको उद्घाटन गर्ने उनले बताए ।

शुक्रबार एक भव्य सांगीतिक कार्यक्रम गरेर होटलको शुभारम्भ गरिनेछ । कार्यक्रमअन्तर्गत पहिलो दिन गायिका एलिना चौहान र दोस्रो दिन गायक राम लिम्बूको प्रस्तुति रहनेछ । डान्सर रिया श्रेष्ठले दुवै दिन प्रस्तुति दिनेछिन् । नायक सुवास मेचेको विशेष उपस्थिति रहनेछ ।

सञ्चालक घिमिरेले ८२ लाख रुपैयाँको लगानीमा होटल सञ्चालनमा ल्याएको बताए । डिलक्ससहित १० वटा एसी कोठाहरु रहेको होटल बिर्तामोड बजारको भीडभन्दा अलग्गै रहेको छ । शान्त वातावरणमा प्रशस्त पार्किङको व्यवस्थासहित सञ्चालनमा आएको होटलमा नेपाली, इन्डियन, चाइनिजलगायत परिकार पाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here