शिवसताक्षी,

शिवसताक्षी नगरमा हात्तीपाइले रोग निवारण अभियान सम्बन्धि नगर स्तरीय बहुनिकाय गोष्ठी आईतबार सम्पन्न भएको छ ।
राष्ट्रिय हात्तीपाईले रोग नियन्त्रण कार्यक्रम अन्तर्गत नगरको स्वास्थ्य शाखाले उक्त कार्यक्रम आयोजना गरेको स्वास्थ्य संयोजक हरि बिमलीले बताए । बहुनिकाय गोष्ठीमा हात्तीपाइले रोगको औषधी खुवाउने तरिका , केन्द्रहरु साथै स्वास्थ्यकर्मीहरुको भुमिकाको विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।
शिवसताक्षी नगरपालिकी उप प्रमुख भोजकुमारी नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जीवन चौलागाईंले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य शाखाका सञ्जय ठकुरीले स्वागत गरेका थिए । हात्तीपाइले विरुद्धको यो राष्ट्रिय अभियान १० औं हो । चैत २० देखि मसान्तसम्म सरकारले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्ने कार्यक्रम तय गरेको छ ।
शिवसताक्षी नगरमा ७४ हजार जनसंख्या मध्ये गर्भवती, सुत्केरी, २ वर्ष उमेर मुनिका बालबालिका बाहेकलाई औषधि ख्वाउने नगरको स्वास्थ्य शाखाले लक्ष लिएको सो शाखाले जनाएको छ । कार्यक्रमममा वडा नम्बर ५ का वडा अध्यक्ष सत्यनारायण राजवंशी, ९ का वडा अध्यक्ष छबिलाल पाठक, ११ का वडा अध्यक्ष भैरव कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश योङहाङ लगायत नगरका स्वास्थ्य संस्थाका प्रमुखको सहभगिता थियो ।






























