छठ समाज सेवा समिति बिर्तामोडको साधारण सभामा सम्मान

0
1012

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

छठ समाज सेवा समिति बिर्तामोडको बाहैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सञ्जयकुमार शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्ष शाहले छठ समाज सेवा समिति बिर्तामोडको भवन निर्माणका लागि आफ्नो तर्फबाट दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता भगीरथ पोद्धार, नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा.सिपी यादव, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार देवेन्द्रकुमार सिंहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा संस्थाको विभिन्न गतिविधीमा संलग्न भएर संस्थाको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै संस्थाका जनसम्पर्क अधिकारी दिपक साफी र सदस्य बरुणकुमार चौधरीलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै अध्यक्ष चौधरीलाई कार्यसमितिका पदाधिकारीले दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राजकुमार शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 

२०६६ सालमा छठ पूजा गर्न रामप्रित शर्माको संयोजकत्वमा छठ समाज सेवा समिति गठन गरी छठ पूजा गर्दै आएपनि पछिल्लो समय विभिन्न सामाजिक कार्यमा संलग्न आइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले एक वर्षमा पाउ पाथीभरामा भण्डारा, वृद्धाश्रममा आँखा शिविर, चश्मा वितरण, औषधि वितरण, अपाङ्गता भएका वालवालिकालाई कपडा ,स्वीटर वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना कहरमा संस्थाले बिर्तामोडको कोरोना कोषमा ३० हजार रुपैयाँ , बिर्तामोड – १ को कोरोना कोषमा पाँच हजार रुपैयाँ, एकका लागि एक अभियानमा ११ हजार रुपैयाँ प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी बिर्तामोड नगरपालिकामा एक लाख ५० हजार रुपैयाँ बरावरको खाद्यान्न वितरण, बाह्दशी गाउँपालिकामा ५० हजार रुपैयाँ बरावरको खाद्यान्न वितरण, विधुत् प्राधिकरण नजिकको टोलमा ६० घरपरिवारलाई खाद्यान्न वितरण, सैनिक मोडमा निःशुल्क खाना खुवाउने कार्यक्रममा खाद्यान्न सहयोग, नयाँ समावेसी टोल बिर्तामोड –३ मा निःशुल्क खाना खुवाउने कार्यक्रममा खाद्यान्न सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

त्यस्तै २०७६ वैशाख २६ गते छठ समाज सेवा समिति बिर्तामोडको भवन शिलान्यास भएर भवनको निर्माण भइरहेको र भवन निर्माणका लागि प्रदेश साँसद एकराज कार्कीको पहलमा दश लाख रुपैयाँ प्रदान गरेको, क्षेत्र नं. २ कि साँसद पवित्रा निरौला खरेलको पहलमा तराई –मधेस सम्वृद्धि कार्यक्रमबाट २९ लाख रुपैया विनियोजन भएर भवन निर्माण गरिरहँदा पछि पुःन ५० लाख रुपैयाँ विनियोजन भएर भवन निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु रामप्रित शर्मा, प्रेमचन्द्र चौधरी, निवर्तमान अध्यक्ष शत्रुधन चौधरी, छठ युवा फ्रण्टका अध्यक्ष सुरज चौधरी, छठ महिला मञ्चकी संयोजक हेमलता चौधरी, इन्द्रेणी क्याम्पसका निर्मलकुमार पाण्डेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मनोजकुमार शाहले गरेको सचिव शत्रुघन गुप्ताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here