डाँफे , अरनिको र त्रिशक्ति साकोसबीच एकीकरण

0
935

तुलसीप्रसाद निरौला, बिर्तामोड ।

झापाको दमक – ५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड –४ मा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड –५ मा रहेको त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको छ ।

 

डाँफे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, अरनिको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोहितकुमार भट्टराई र त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद भट्टराईले राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेल र प्रदेश नं. १ का सहकारी रजिष्ट्रार बलराम निरौलाको सहभागितामा ती सहकारीहरु बीच एकीकरण भएको घोषणा गरिएको हो ।

तीनवटै सहकारीको एकीकरण पछि एकीकृत संस्थाको नाम डाँफे बचत तथा ऋण सहकारी संस्था राखिएको छ ।
डाँफे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डाँफे साकोसका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. १ का सहकारी रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाले लगायतले सहकारी एकीकरणको आवश्यकता र सार्थकताका बारेमा बोलेका थिए ।

कार्यक्रममा डाँफे साकोसका अध्यक्ष न्यौपानेले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट एकीकरणको स्वीकृति लिएर तीनवटा सहकारीहरु बीच एकीकरण गरिएको वताए ।

दमकमा मुख्य कार्यालय रहेको डाँफे साकोसको गौरादह, धरमपुर र बुद्धशान्तिमा सेवाकेन्द्र सञ्चालनमा आएको बताउँदै उनले बिर्तामोडमा पनि सेवाकेन्द्र सञ्चालन गरिएको जानकारी दिए ।

संस्था एकीकरण भएसंगै संस्थाका शेयर सदस्य छ हजार जना, शेयर पूँजी साडे पाँच करोड रुपैयाँ , निक्षेप ४८ करोड रुपैयाँ , ऋण लगानी ४५ करोड रुपैयाँ, वासलात ६० करोड रुपैयाँ पुगेको डाँफे साकोसका व्यवस्थापक सुदिप खतिवडाले जानकारी दिए ।

कार्यक्रममा अरनिको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोहितकुमार भट्टराई र त्रिशक्ति बहुउद्देश्यीय सहकारीका अध्यक्ष देवीप्रसाद भट्टराईले सहकारी एकीकरण वर्तमानको आवश्यकता भएको बताउँदै डाँफे साकोसको कारोबार, नीति आफूहरुलाई मन परेकाले डाँफे साकोससंग एकीकरण गरिएको बताए ।

कार्यक्रमको सञ्चालन डाँफे साकोसका सचिव लीलानाथ खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here