स्वास्थ्य चौकीको मापदण्डबारे अन्तरक्रिया

0
594

उमानाथ भण्डारी,
कमल।

स्वस्थ्य चौकी तोपगाछीको आयोजनामा स्वास्थ्य चौकीको न्यूनतम् सेवा मापदण्ड बारे समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारले तोकेको स्वास्थ्य चौकीको न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन सुदृढीकरण सम्वन्धि छलफल कार्यक्रममा स्थानीय तहमा सञ्चालनमा रहेका स्वस्थ्य चौकी मापदण्डमा रहेर गुणस्तरीय सेवा प्रभाव गर्न चाहिने अति आवश्यकीय कुरा पूरा गर्नु पर्नेमा जोड दिइएको थियो ।

स्वास्थ्य चौकी सञ्चालनमा आवश्यक पर्ने सम्पूर्ण समानको व्यवस्था गर्न संविधानले नै स्थानीय तहलाई जिम्मेवारी दिएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईले बताए ।

आफू निर्वाचित भएर आएपछि स्वास्थ्य चौकीको गुणस्तर सुधारका लागी धेरै काम गरेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । कमल गाउँपालिकामा रहेका जनताले स्वास्थ्य चौकीबाट धेरै सुविधा लिउन् भनेर स्वास्थ्य चौकीको गुणस्तर सुधारका लागी लागिपरेको उनले बताइन् ।

जनता स्वस्थ्य भएमात्र समृृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हुने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताए । कार्यक्रम स्वास्थ्य चौकी तोपगाछीका व्यावस्थापन समितिका अध्यक्ष तारानाथ न्यौपानेको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here