माई नगरले गर्यो दुर्गा प्रसादलाई ५० हजार आर्थिक सहयोग

६ बैशाख २०७८, सोमबार मा प्रकाशित

विमल दहाल, माई ।

४० बर्ष भारतमा जेलजीवन बिताएर नेपाल फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई माई नगरपालिकाले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

गत फागुन–२३ गते घर आईपुगेका दुर्गाप्रसादलाई उनको आर्थिक अबस्थामा सहयोग गर्ने गरी आर्थिक सहयोग गरेको हो। नगर प्रमुख दिपककुमार थेबेले दुर्गाप्रसादका भाई धर्मानन्द तिम्सिनालाई सोमबार एक कार्यक्रमका विच नगद सहयोग हस्तान्तरण गर्नुभएको जनाईएको छ ।

सामान्य आर्थिक अवस्था भएका दुर्गाप्रसादको दैनिक जिवनयापन सहजताको लागि सहयोग प्रदान गरिएको नगर प्रमुख थेबेले बताए । त्यसैगरी उनलाई नेपाली नागरिकता लिनका लागि इलामसम्म जान र विराटनगरसम्म जानका लागि लाग्ने यातायात खर्च १३ हजार रुपैया समेत नगरलेनै व्यर्होने नगरपालिकाले जनाएको छ ।

दुर्गाप्रसादको अहिले १ नम्बर प्रदेश सरकारले विराटनगर स्थित विराट नर्सिङ होममा १५ दिन देखि निःशुल्क उपचार गरिरहेको उनका भतिज गोपालले जानकारी दिए । उनको स्वास्थ्यमा सामान्य सुधार आएको छ।

दुर्गा प्रसादको घरमा ८५ बर्षिय आमा धनमाया, भाई धर्मानन्द, भतिज गोपाल र ५२ बर्षिय बैनी पबित्रा रहेका छन । आमा धनमायाको कमजोर श्रवण क्षमता रहेको छ भने दायाँ हात समेत पाखुरा मुनि छैन। आमा धनमायालाई माई नगरपालिका हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम मार्फत श्रवण यन्त्र समेत प्रदान गरिएको थियो। बैनी पवित्रालाई २०५२ साल देखि मानसिक समस्या रहेको भतिज गोपालले बताए।

वहिनी पवित्राको उपचारको लागि समेत नगरबाट २६ हजार रुपैया सहयोग दिने निर्णय भएको नगर प्रमुख थेबेले जानकारी दिए । उनलाई हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम मार्फत विराटनगरमा उपचार गरिने करुणा फाउण्डेसन नेपालले जनाएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत विष्णु थेगुवा, प्रशासकिय अधिकृत नविन पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here