खाद्य पदार्थको आयात–निर्यात गुणस्तर प्रमाणीकरण

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित

लक्ष्मी उप्रेती,
मेचीनगर ।

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काँकरभिट्टाले चालूआर्थिक वर्ष २०७७÷०७८को बितेको नौ महिनामा एक हजारभन्दा बढी खाद्य पदार्थहरुको नमूना जाँच गरेको छ ।

कार्यालय प्रमुख सुवासचन्द्र वस्तीका अनुसार दूध तथा दूग्ध पदार्थ, तेल, घीऊ, फल तथा सागपात, चिया, कफी तथा कोकवाट बनेको पदार्थ, नुन, खाद्यान्न, दलहन तथा सोबाट बनेको पदार्थ, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, कन्फेक्सनरी, ताजा तरकारी फलफूल, अन्य ताजा खाद्य पदार्थ, माछामासु तथा मासुजन्य पदार्थ, दाना, आहारपूरक खाद्य पदार्थ, अल्कोहलिक पदार्थ, हल्का पेय पदार्थ गरी आयात, प्रोफिसियन्सी, भन्सार चोरी निकासी तथा राहत नमूना विश्लेषण गरी आर्थिक वर्ष २०७७/०७८को साउनदेखि चैत महिनासम्मको अवधिमा एक हजार ७ सय २६ वटा खाद्य पदार्थहरुको नमूना जाँच गरिएको थियो ।

आयात गरिएका अधिकांश खाद्य पदार्थमा लेवल विवरण पूर्णरुपमा उल्लेख नभएको पाइएको छ । पापड भद्रपुर नाकाबाट आयात हुने गरेको बताइएको छ । ९ कात्तिकमा परीक्षण गरिएको बदाममध्ये चार सय केजीमा ढुसी देखिएकाले आवश्यक कारही अवधिमा ४० केजी पाचक गोलीमा उपभोग्य मिति समाप्त भएको, २ सय केजी पापड, ३ सय ३० केजी पानीपुरी, ४० केजी मसला, ७० केजी चिनीपाक मिठाईमा लेवल विवरण अपूर्ण फेला परेको थियो ।

प्रतिकूल हुने कारणसहित आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टालाई पत्राचार गरिएको बताइएको छ । परीक्षणका क्रममा न्यून गुणस्तर प्रतिकूल फेला परेको १६ हजार ५ सय केजी चामल भदौ १६मा मेची भन्सार कार्यालय काँकरभिट्टामा पत्राचार गरी खाल्डोमा हालेर नष्ट गरिएको थियो । निर्याततर्फ भने मसलाजन्य तेजपत्ताका ५ वटा नमूना आयात प्रमाणीकरण गरिएको थियो ।

परीक्षण गरिएका कूल नमूनामध्ये प्रतिकूल संख्या १७ हजार ५ सय ८० केजी तथा १७.५८ प्रतिशतमा प्रतिकूल परिमाण फेला परेको कार्यालयले जनाएको छ । यो अवधिमा मसला पदार्थका ७८ वटा नमूना संकलन गरी परीक्षण गर्दा एउटा प्रतिकूल फेला परेको थियो । यसैगरी नौ महिनामा ८ सय ५५ वटा खाद्यान्न दलहन तथा सो बाट बनेको पदार्थ परीक्षण गर्दा ५ वटा प्रतिकूल पाइएको थियो । अन्य र ताजा तरकारी फलफूलको परीक्षणमा समेत १÷१ वटा प्रतिकूल फेला परेको कार्यालय प्रमुख वस्तीले जानकारी दिए ।

यसैगरी चालू आर्थिक वर्ष २०७७/०७८को वितेको नौ महिनामा कार्यालयले ८ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । साउनदेखि चैतमहिनासम्म विश्लेषण दस्तुर वापत ८ लाख ८७ हजार ५० रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख वस्तीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here