मेरो लागि ज्वाइसाहेब !

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित

गजल

मेरो लागि ज्वाइसाहेब! हैन भाइ हुनुपर्छ
बहिनी बिरामी हुँदा तिमी दबाइ हुनुपर्छ

आउनसक्छ जीवनमा आधी हुरी भूकम्पनी
सँधै जतन गरी मायाको रखाइ हुनुपर्छ

जेठो छोरो नै भएपछि मिलाउन सबैपर्छ
बैनीकै खुसीमा जीवन् गाडी हकाइ हुनुपर्छ

जागिरे महिलाका भित्री पीडा कति धेरै हुन्छन्
अटल विश्वास धैर्यतामा पर्खाइ हुनुपर्छ ।

तुलसा भट्टराई,
उदयपुर ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here