कृषि अनुदानमा वास्तविक कृषकलाई उपेक्षा

0
506

भद्रपुर , झापाको भद्रपुर ७ पोखरेल टोल अन्र्तगत जागृति टोल निवासी लक्ष्मण प्रसाद भट्टराइले कृषि अनुदानमा वास्तविक कृषकलाई राज्यले उपेक्षा गरेकै कारण युवा जनशत्ति विदेश पलायन हुन बाध्य भएको बताउनु भएको छ ।
कृषिमा लगानी गर्ने राज्यको स्पष्ट निति नियम नहुदा कृषकलाई कृषि अनुदानकालागि प्रदान गरिने रकम विचौलियाका कारण बास्तविक कृषक समक्ष नआउने भएकोले कृषि व्यावसाय बाटै बाहिरीयर स्वदेशि जनशत्ति विदेश पलायन हुनु बाध्य भएको बताउनु भएको हो ।
उहाले विगत बर्ष देखि आफनो १ कठ्ठा ४ धुर जमिनमा ५० हजार माथिको लागतमा आर्गेनीक सब्जी उत्पादन गरिए पनि स्थानीय विचौलियाका कारण आफुले अहिले सम्म राज्यले दिने कुनै सेवा सुविधा नपाएको गुनासो गरे ।
भट्राईले आफुले पटक पटक कृषि ज्ञान केन्द्र लगाएतका सरोकारवाला निकाय संग कृषि अनुदानका लागि सहयोग गर्न आग्रह गरे पनि पहुंच वेगर उत्त निकायहरुले आफ्नु कुरा नसुनेको बताए ।
राज्यले कृषिमा जतिनै लगानी गरे पनि स्थानीय विचौलियाका कारण कृषकले कुनै सेवा सुविधा नपाउने बताउदै विचौलीया हावी हुने प्रचलनको अन्त गर्न स्पष्ट निति नियम सहित कानुनको कार्यन्वयन गरिनु पर्ने उनले बताए ।
उनले सरकारले कृषिमा गरेको लगानीलाइ रुपान्तरण गरि वास्तविका किसानसामु पुर्याउन देशका सबै स्थानीय सरकार अन्र्तगतकमा वार्ड तथा टोलटोलमासहज रुपमा मल ,विउ ,सिंचाइ लगाएतका कृषि औजारहरुको विस्तार गरिनु पर्ने बताउदै उत्पादित सामानको स्थानीय बजारमै विक्रि वितरणका लागि बजारीकरण गरिनु पर्ने उनको भनाई छ ।
आफुले निकट भविष्यमा १० कठा सम्म जमिनमा आर्गेनीक सब्जी खेती गर्ने योजना रहेको बताउदै स्थानीय बजारीकरणको व्यावस्थापन गर्न माग गर्दै कृषिमा नेपाललाई आत्मनिर्भताको देशको रुपमा चिनाईनु पर्ने भट्टराईले बताए ।
भट्राईले हाल उत्पादन सुरु गरेको उत्त जमिनमा तरकारी बालि अन्र्तगत विभिन्न प्रकारका भिण्डी ,टमाटर ,करेला ,कांक्रा, घिरौला लगाएतका हिउदे तथा बषर््ो तरकारी उत्पादन गरिनु का साथै वेर्ना समेत तयार गरि स्थानीय बजारमा विक्रवितरण गर्दै आयका छन् ।
तरकारी खेती लगाएतका कृषीका क्षेत्रमा राज्यले गरेको लगानीलाइ सहि रुपमा प्रयोग गर्न सके बैदेशिक रोजगारमा जान नपर्ने बताउदै भट्टराईले बर्तमान् परिस्थितिमा कृषि क्रान्ति आबश्यक रहेको समेत उल्लेख गरे ।
कृषि क्रान्ति नारामा मात्र सिमिति नरहेर व्यावहारमै ल्याउनु पर्ने तव मात्र कृषिमा उल्लेखनीय परिबर्तन आउने याहाका कृषकहरुको भनाइृ छ ।
कृषिमा आमुल परिबर्तन गर्न समयमै मल विउ सिचाइृ लगाएतका सुविधाहरु हरेक कृषकहरुले पाउनु पर्ने र विदेशी उत्पादनलाई भन्दा स्वदेशी उत्पादमा जोड दिनु पर्ने आजको आबश्यत्ता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here