फिदिममा भएको आगलागीमा ३१ लाख भन्दा बढीको क्षति

0
1069

पाँचथर,पाँचथरको सदरमुकाम फिदिम बजारमा शनिबार भएको आगलागी बाट ३१ लाख रुपैया भन्दा बढीको क्षति भएको छ ।
फिदिम १ स्थित लखनमार्ग गोसलाईनमा भएको आगलागी बाट घरमा भएको अन्नपात,सुनचाँदी,भाडावर्तनका सामाग्री सहित ३१ लाख ३१ हजार रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले बताएका छन् ।
स्थानिय दावा शेर्पाको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा शेर्पाको ७ लाख ५० हजार रुपैया,सो घरमा डेरामा वस्दै आएका खड्गबहादुर गुरुङको ६ लाख ६० हजार रुपैया,कुल बहादुर मगरको ३ लाख रुपैया,तारा भूजेलको २ लाख रुपैया,मनबहादुर सुनवारको ३ लाख ७२ हजार रुपैयाको क्षति भएको छ ।
यसैगरी जितबहादुर मिफोकको २ लाख ४० हजार रुपैया,इन्द्रकुमार योक्पाङदेनको ३ लाख ५९ हजार रुपैया,यातायात मजदुर संघको कार्यालयमा रहेका २ लाख ४० हजार रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी बाट उक्त घरमा डेरा गरी बस्ने ६ परिवारका २२ जना विस्थापित बनेका छन् । विधुत सर्टभई आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
फिदिम नगरपालिकाको २ वटा बारुणयन्त्र,सुरक्षाकर्मी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा लिइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here