मोरङ।
मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्ने बलबहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकै आमाले देखेर तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान थालेको बताइएको छ ।































