बिर्तामोड ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक ब्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी–२ का २३ बर्षीय कुलबहादुर कडेल रहेको प्रहरीले जनाएको छ ।
कडेललाई इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा बुट्टाबारी चोक नजिकै साइकलमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
पक्राउ गरिएका उनको साथबाट २.०१ ग्राम ब्राउन सुगर बरामद गरिएको थापाले बताए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।































