भेन्टिलेटरसहितका स्वाथ्य सामग्री हस्तान्तरण

0
528

झापा,

आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्था ललितपुरले आज यहाँका दुई पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । विर्तामोड र अर्जुनधारा नगरपालिकालाई दुवै संस्थाले संयुक्तरुपमा एक/एक थान भेन्टिलेटर, दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र १५ थानका दरले पिपिई सेट वितरण गरेका हुन् ।

सो स्वास्थ्य सामग्री दुवै नगरपालिकामै पुगेर विर्तामोडका नगरप्रमुख धुव्र शिवाकोटी र अर्जुनधाराका नगरप्रमुख हरि रानालाई फाउण्डेशनका अध्यक्ष आनी छोइङ डोल्मा र प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्रीले हस्तान्तरण गर्नुभएको छ । आनी छोइङ डोल्मा नेपाली साङ्गीतिक जगत्की एक प्रसिद्ध गायिका हुनुहुन्छ ।

हस्तान्तरण कार्यक्रममा विर्तामोडका नगरप्रमुुख शिवाकोटीले कोरोनाकालमा अक्सिजन र भेन्टिलेटर अभाव भइरहेको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सो स्वास्थ्य सामग्री पूर्वमहान्यायधिवक्ता अग्नि खरेलको पहलमा आएको जानकारी दिनुभयो ।

उहाँले रु २८ करोडको लागतमा बन्दै गरेको विर्तामोड नगर अस्पतालमा सो भन्टिलेटर मेसिन जडान गरिने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले अस्पतालमा छवटा डायलिसिस मेसिन र थप दुई भन्टिलेटर जडान गर्ने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here