बिर्तामोड ।

वीरता लेडी जेसीजले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफूल वितरण गरेको छ।
बिर्तामोड नगरपालिकाद्वारा संचालित बिर्तामोड नगर आइसोलेसन सेन्टरमा रहेका १८ जना संक्रमित हरुलाई फलफूल वितरण गरिएको अध्यक्ष स्वस्तिका आचार्यले बताइन्।
शुभ दिन ,शुभ कार्य अभियान अन्तर्गत बर्ष २०१७ की मानार्थ सदस्य जेसी सुनिता उप्रेतीको शनिबार परेको जन्मदिनको अवसर पारि उनको समन्वयमा फलफूल वितरण गरियेको हो। उप्रेती,मेची टेक्निकल ट्रेनिङ ईन्स्टिचुटकी संचालक समेत हुन्।

वीरता लेडी जेसीजले प्रत्येक महिना आफ्ना सदस्यहरुको जन्मदिन,वैवाहिक उत्सवको अवसर पारि यस्तै सामाजिक कार्य गर्दै आएको महासचिव हिमा पौडेलले जानकारी दिइन् ।
आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै रोग प्रतिरोधक क्षमता बढाउनका लागि यस्तो प्रतिकूल समयमा लेडी जेसीजले गरेको सहयोगप्रति सेन्टरका प्रमुख कृष्ण काफ्लेले धन्यवाद दिएका थिए।

कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष सरु खनाल ,मानार्थ सदस्य सुनिता उप्रेती,कोषाध्यक्ष झुमा चूडाल लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।
बिर्तामोड आइसोलेसन सेन्टरमा हाल ६ महिला र १२ पुरुष गरी १८ जना रहेका छन।































