दमक,

डीपीएल राष्ट्रिय युथ वोर्डको आयोजना तथा डीपीएल चितवनको आथित्यतामा तीन दिने “डीपीएल लिडरस मिट” जुम मार्फत सम्पन्न भएको छ।
“पठन संस्कृतिको बिकाससंगै सकरात्मक सोच सहितको संस्कृति युवा नेतृत्व” भन्ने मूल नाराका साथ राष्ट्रिय युथ बोर्डको प्रकरण ” येस वी लिड” क्रमलाई निरन्तरता दिँदै तीन दिने कार्यक्रम सम्पन्न भएको राष्ट्रिय युग वोर्ड अध्यक्ष विनोद उप्रेतीले जानकारी दिए ।
डी पी एलको राष्ट्रिय अभियानलाई निरन्तरता दिँदै देश भरिका १३ ओटा शाखाको मातहतमा रहेका ठाउँहरूमा पुस्ताकालय खोल्दै युवा जमातलाई पठन संस्कृतिको विकाशमा अग्रसर बनाउनका निम्ति कार्यक्रम आयोजना गरिएको थियो।
कोरोना भाइरसको विकराल अवस्थालाई मध्यनजर गदै उक्त कार्यक्रम भरचुअल माध्यमबाट तीन दिवससम्म संचालन गरिएको थियो । महानायक राजेश हमालको आथित्यतामा कार्यक्रमको औपचारिक सुरुवात भएको थियो भने सोही दिन दोस्रो कार्यक्रममा यस वर्षको राष्ट्रिय युथ बोर्डको प्रकरण “येस वी लिड” विषयमा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो जसमा डी पी एल तीनस टीम तथा सम्पूर्ण शाखाको प्रतिनिधित्व रहेको थियो।
पहिलो दिनको अन्तिम कार्यक्रममा राष्ट्रिय क्रिकेटबाट फोटोग्राफर विशाल पोख्रेलसँग अन्तरक्रियात्मक कार्यक्रम हुँदै सम्पन्न भएको थियो भने युवाहरुको क्षमता अभिवृद्धि गर्न र राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउनका निम्ति दोस्रो दिन तीन भिन्दाभिन्दै कार्यशाला गोष्ठी भएको थियो। उक्त कार्यक्रममा डी पी एल नेपालका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले सहजीकरण गरेका थिए भने नेपाल विद्युत प्राधिकारणको पूर्व कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आथित्यतामा भएको “आर्ट अफ टिम वर्क”कार्यशाला राजीव कर्णले गरेका थिए । दोस्रो दिवसको अन्तिम कार्यक्रम ” इफेक्टिभ मिटिङ्ग प्रोसीजर ट्रेनिङ ” कार्यशालामा नेपाल जेसीज कार्यकारी उपाध्यक्ष शिव भुसालले सहजिकरण गरेका थिए ।
अन्तिम दिन जेष्ठ ३० गते डी पी एल परिवार वीच डी पी एल अन्तर्राष्ट्रिय संयोजक थाईलैंड बासिन्दा ब्राइन् वालको प्रमुख वक्ताको रुपमा सम्पूर्ण शाखा तथा टीनस वोर्डको प्रतिनिधिसँग छलफल तथा दीर्घकालीन योजनाको बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको औपचारिक समापन टूट्ल.टुडे का सह- संस्थापक तथा सीइओ सिकाशित भट्टको प्रमुख आथित्यतामा सम्पन्न गरिएको थियो भने सम्पूर्ण कार्यक्रममा डी पी एल निरन्तर बढदै अन्तर्राष्ट्रियकारण गर्ने कुरा जानकारी दिनु भयो भने , डी पी एल नेपाल सदस्य , राष्ट्रिय युवा बोर्ड संयोजक तथा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी ले युवालाई जोड्दै डिपिएल्ले भविष्यमा अझै ठूलो भड्को मार्दै युवालाई अझै ठूलो स्थान दिँदै जाने कुरा जानकारी गराउनुभयो भने संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाई लगायत डी पी एल नेपालका पधाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
डीपी एल चितवनकी अध्यक्ष रुदिना भट्टराईले स्वागत गर्दै डी पी एल चितवनको भावी योजना राखेका थिए डी पी एल राष्ट्रिय युथ वोर्ड अध्यक्ष विनोद उप्रेतीले कार्यक्रमले डी पी एल राष्ट्रिय अभियानलाई थप सार्थकता दिएको भन्दै अभियान थप सशक्त रुपमा अगाडि बढने कुरा जानकारी दिए ।































