स्नातक तह सम्मको पढाई निःशुल्क गर्नु पर्ने अनेरास्ववियुको माग

0
1257

विमल दहाल, माई ईलाम ।

स्नातक तह सम्मको पढाइ निस्शुल्क हुनु पर्ने लगायत ८ बुदे माग पत्र सहित अनेरास्ववियु माई नगर कमिटीले आईतबार मेयर दिपक कुमार थेवेलाई ज्ञापनपत्र बुझाएका छन।

अनेरास्ववियुका माई नगर ईन्चार्ज गोपाल आचार्य, संयोजक पुष्प चाँपागाई र सहसंयोजक पम्फा राईद्वारा हस्ताक्षरित माग पत्रमा नगरभित्र स्नातक तह सम्मको अध्यापन निस्शुल्क हुनु पर्ने, सामुदायिक विध्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाइ अनिवार्य र निशुल्क स्वास्थ्य विमा गरिनु पर्ने, बिपन्न जेहेन्दार विधार्थीहरु लाई निःशुल्क ल्यापटप प्रदान गर्नु पर्ने जस्ता महत्त्वपूर्ण मागहरु राख्दै ज्ञापनपत्र वुझाएको हो ।

माई नगरपालिकाको तर्फबाट ज्ञापन पत्र बुझ्दै मेयर थेबेले अनेरास्ववियुले राखेको माग प्रति नगरपालिका गम्भिर रहने र उठाएका मागहरु आर्थिक बर्ष ०७८र०७९ को बजेटमा सम्बोधन गर्न प्रयत्न गर्ने जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here