कोरियामा कार्यरत फाल्गुनन्दका युवाहरुले पालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध

0
776

युद्धबहादुर बोहोरा,
पाँचथर :

दक्षिण कोरियामा कार्यरत फाल्गुनन्द गाउँपालिकाकाका युवाहरूले आफ्नो पालिकालाई आइतबार स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका युवाहरूले कोभिड महामारीबाट पालिकाका धेरै नागरिकलाई स्वास्थ्य संकट परेको बेला स्थानीय सरकारलाई थप मद्दत पुर्‍याउने उदेश्यले सामाग्री उपलब्ध गराइएको हस्तान्तरण कार्यक्रमका संयोजक हाङ चेम्जोङले जानकारी दिए ।

युवा समुहद्वारा पालिकालाई दुई लाख ८४ हजार आठ सय ९८ रुपैया बराबरको पीपीइ २४ सेट,अक्सिमिटर १२ थान थर्मलगन १२ थान ,सेनिटाईजर ५ लिटरको २० थान र आधा लिटरका ६० थान ,मास्क २५ हजार थान,गम्बुट १२ जोर,पंजा २० प्याकेट प्रदान गरेको छ ।

यसैबीच,समुहले स्वास्थ्यकर्मीहरुसंग परामर्श गरि कोभिडका विरामीलाई आवश्यक पर्ने औषधि सिटामोल सात हजार ट्याब्लेट,चेवनप्राश (आयुर्वेदिक औषधि) एक किलोग्रामका एक सय बट्टा,कस्तुरी भुषण ७५ थान,यस्टी मधुचूर्ण ५० थान र लक्ष्मी विलास रस दुई हजार ट्याब्लेट,कफसिरप दुई सय थान,भिटामिन सि ४० बट्टा लगायतका सामाग्री उपलब्ध गराएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । यस समुहले आर्थिक विपन्न परिवारका विरामीलाई उपचार खर्च सहयोग गर्दै आएको संयोजक चेम्जोङले बताए ।

उक्त स्वास्थ सामाग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बेले विपद्को समयमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिएका छन् । अहिलेको स्वास्थ्य संकटमा इच्छुक महानुभावहरुबाट पनि सहयोगको अपेक्षा गरिएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया समुहका ठाकुर नेम्वाङ र राइफल नेम्वाङको पनि उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here