माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

0
1013

इलाम ।

इलामको माङसेबुङ गाँउपालिका–५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here