खोलाले बगाएर एक जनाको मृत्यु

0
405

उदयपुर।

उदयपुरको चौदण्डीगढी नगरपालीका–७ बेल्टार स्थित मदन चोकका ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ ।

सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी दुई सय मिटर दक्षिणमा राईको मृत लाश फेला परेको हो ।

लाशको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी स्वास्थ्य चौकी बेलटार पठाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here