बुधबारे ।

बुधबारे जेसीजकाे भवन निर्माणका लागि बुधबारे जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकालले घरभाडा बापतकाे २ लाख ५० हजार रूपैयाँ अग्रिम हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
आज पर्न गएकाे आफ्नो जन्मदिनको अवसरमा उनले भवन निर्माणका लागि सहयोग पुगोस् भनेर अग्रिम लगानी गर्ने बताएका हुन् ।
उनले जेसीजकाे भवन निर्माण भएपछि भुँईतलामा आफ्नो फार्मेसी संचालन गर्न र सो बापतको घरभाडा अग्रिम बुझाएर भवन निर्माणका लागि थप सहयाेग हाेस् भनेर साे घाेषाणा गरेकाे बुधबारे जेसीज भवन निर्माण उपसमिति संयोजक नन्दकुमार याफु राईले जानकारी दिए ।

५ बर्षको लागि घरभाडा बापत साे रकम ढकालले अग्रिम दिने र कम्तीमा १० बर्षका लागि ढकालले जेसीज भवनमा फार्मेसी संचालन गर्ने विषयमा बुधबारे जेसीज भवन निर्माण उपसमिति र ढकाल बिच सहमति भएकाे र साे सहमतिलाई जेसीजकाे कार्यसमिति बैठकले अनुमोदन गरिने बुधबारे जेसीजका महासचिव सुजित बरालले बताए ।
बुधबारे जेसीजकाे भवन निर्माणलाई थप सहज बनाउन अग्रिम लगानी गर्ने जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाललाई बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले संस्थाकाे तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।






























