सुनसरी।

सुनसरीको इटहरी–१७ लबिपुरस्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊँपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय रामकुमार लिम्बू रहेका छन् ।
गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका लिम्बूको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































