दुर्गाप्रसादलाई उद्दार गरि बिराटनगर लगिदै

0
587

विमल दहाल, इलाम ।

 

४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका इलाम जिल्ला माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना माई नगरपालिको समन्वयमा मानब अधिकार मञ्च नेपाल ईलामले उद्धार गरि बुधबार बिराटनगर स्थित मानब सेवा अाश्रम लागिएको छ ।

पुर्वाञ्चल दैनिकमा दुर्गाप्रसादको नियमित फलोअप समाचार प्रकाशित भए पछी बुधबार माई नगरपालिकाका मेयर दिपक कुमार थेवेको पहलमा मानब अधिकार मञ्च नेपालले थप उपचार समेत गर्ने गरि मानब सेवा आश्रम बिराटनगर लगिएको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

दुर्गाप्रसादको स्वास्थ्य अबस्था जटिल बन्दै गएकोले बिराटनगर स्थित मानब सेवा आश्रममा केही दिन राखि मनोबिमर्श चिकित्सक मार्फत समेत उपचार गरिने निर्देशक बिश्वकर्माले जानकारी दिनुभयो। केही दिनको उपचारमा पनि स्वास्थ्यमा सुधार नभए काठमाडौं लगेर थप उपचार गरिने वहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय दुर्गाप्रसादमा तिब्र मानसिक समस्य देखिएको छ ।दुर्गाप्रसादको उपचार, खाना र यातायात खर्च बापत थप ५० हजार माई नगरपालिले प्रदान गरेको मेयर थेबेले बताउनु भयो । यस अघि गत बैशाखमा माई नगरपालिका मार्फत उपचार र यातायात खर्च बापत ६७ हजार रुपैयाँ प्रदान गरि सकिएको थियो ।

आईतबार एका एक घरबाट हराएका दुर्गाप्रसादलाई सोही दिन मध्यराति गोदकको जौबारीबाट प्रहरीले फेला पारि परिवारलाई जिम्मा लगाएको थियो । भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । यस बिषयमा परिवारले बारम्बार भन्दै आएको थियो। परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन कठिन बन्दै गईरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको थियो ।

केही दिन देखि दुर्गाप्रसादको बोलीचाली र व्यवहार असहज भन्दै गएको परिवारिक श्रोतले जनाएको छ। उनी तिब्र मानसिक बिरामी झै देखिएका थिए । मान्छे देख्ने बित्तिकै झम्टने, नालीको फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरमा थाह नदिई टाढा–टाढासम्म जाने लगायतका अनौठो कार्य गर्न थालेका पछी परिवानै आजित बनेको थियो ।

‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो’– दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले भने– ‘दिन बित्दै गएपछि उहाँको अवस्था झन्–झन् असहज र जटिल बन्दै गयो ।

उनलाई गत बैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेका थिए तर उहाँको अबस्थामा त झन जटिल बन्दै गयो– गोपाल भन्छन्– मनोचिकित्सकसँग पनि परामर्श गरिएको हो, उहाँहरुले पनि ठीक हुन्छ भन्नु भएको थियो । तर, अबस्था जटिल बन्दै गएकोमा अब थप उपचार पछि ठिक हुने बिश्वास लिएको बताए ।

दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जीलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here