रेडक्रसले दियो माई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

0
783

विमल दहाल, माई इलाम,

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा र जिल्ला शाखाले संयुक्त रुपमा माई नगर अस्पताललाई शुक्रबार एक थान अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री प्रदान गरेको छ।

रेडक्रस जिल्ला शाखाका शिब प्रसाद गौतम लगायत रेडक्रस कर्मीहरुको टोलीले माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, माई नगरपालिका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्मालाई संयुक्त रुपमा १० लिटर क्षमताका कन्सन्ट्रेटर एक थान, पिपिई लगायत स्वास्थ्य सामाग्री प्रदान गरिएको रेडक्रस दानाबारी शाखा सभापति मित्रप्रसाद गौतमले जाकारी दिनु भयो।

स्वास्थ्य बिमा कार्यक्रम सहित जिल्लाकै दोस्रो १५ बेडको सरकारी अस्पताल सन्चालन गरिएको माई नगर अस्पतालमा अब ७ बटा अक्सिजन कन्सन्ट्रेटर भएको प्रमुख कट्टेलले जानकारी दिनुभयो ।मेडिकल अधिकृत डा. राम कृष्ण आचार्य सहित स्वास्थ्यकर्मीको टोलीले दैनिक ६० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरि रहेका छन ।

कोभिडको नियमित एन्टिजेन परिक्षण, बिरामीका लागि इसिजी, ईको, भिडियो एक्सरे, स्वास्थ्य परीक्षण लगायतको दैनिक सेवा माई नगर अस्पतालबाट प्रदान गरिदै रहेको बताईएको छ । सामान्य उपचार गर्न झापका बिभिन्न अस्पताल जानु पर्ने बाध्यता अब माई नगरबासीका लागि अन्त्य भएको स्थानीयहरु बताउदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here