झापा,समग्र इसाई व्यवसायीको हक, हित र व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यले झापाको बिर्तामोडमा अनुग्रह उद्योग तथा व्यवसायी संघ गठन भएको छ ।
केशव मैनालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । गठित समितिले छरिएर रहेका व्यवसायीलाई एकीकृत गर्दै उद्योग वाणिज्य संघ, आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतबाट लिइने गरेका सेवालाई अझ सहज प्रभावकारी बनाउन व्यवसायीलाई सहयोग पु¥याइने बताइएको छ ।

इसाई समाजमा आवद्ध व्यवसायीको बिर्तामोडमा सम्पन्न भेलाले मनिकुमार राई उद्योग उपाध्यक्ष , हरि धिमाल वाणिज्य उपाध्यक्ष, सचिवमा डा कपिलमणि मिश्र, सह सचिवमा दिपेन्द्र अछामी र कोषाध्यक्षमा पुष्प आले चयन भएका छन् ।
समितिको सदस्यमा भानु प्रसाई। सञ्जय शंकर, दीपेन सुव्वा, तारा न्यौपाने, अनिल मुखिया, दिनेश राज शर्मा, टिमलाल राजवंशी रहेका छन् ।

गंगा आले, बीरवहादुर दर्नाल, उद्धव गिरी, अमर कन्दाङ्वा, सन्तोष सुब्बा, अमर दीप आले दिनेश चेम्जोङलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
विर्तामोड इसाई समाजले आयोजना गरेको कार्यक्रमम अमर कन्दङ्वाको अध्यक्षतामा भएको थियो भने सञ्चालन इसाई समाजका सचिव तारा दाहालले गरेका थिए । ग्रेस ग्रुप अफ मिनिट्रिजका डाइरेक्टर सन्तोष सुब्बाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम चिल्ड्रेन इन्भारमेन्ट इङ्लिस स्कूल र ग्रेस ग्रुप अफ मिनिट्रिजले सहयोग पु¥याएको बताइएको छ ।































