शिखरको ११औं स्थापना दिवस

0
791

झापा ।

शिखर बचत तथा ऋण सहकारी संस्थाले ११आंै स्थापना दिवस राजगढ सेवा केन्द्रमा सरकारी विद्यालयमा अध्ययनरत् विपन्न परिवारका बालबालिकालाई नयाँ लुगा वितरण गरेको छ ।

संस्थाका सदस्यबाट केक काटेर शुरुवात गरिएको कार्यक्रममा राजगढ सेवा केन्द्रमा १०० बालबालिकालाई नयाँ लुगा वितरण गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा नयाँ लुगा वितरण गरेको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले बताए ।

२०६७ साल असोज २२ गते औपचारिक उद्घाटन गरी शुरुवात गरिएको शिखर साकोस बिर्तामोडमा मुख्य कार्यालय रहेर राजगढ र गरामनीमा सेवाकेन्द्र सञ्चालनमा रहेको छ । सेवामा उत्कृष्ट रहने उद्देश्यले सेवारत् रहेको संस्थामा ७ हजार ८ सय ४५ जना शेयर सदस्य र १३ सय २० जना ऋणी रहेका छन् ।

५ करोड ४४ लाख ७४ हजार ७ सय शेयर पुँजी रहेको यस संस्थाले ७० करोड बचत तथा ६९ करोड ऋण लगानी गरेको बताइएको छ । लक्ष्मी पूजाबाट आफ्नै भवनबाट सेवा शुरु गरिने सञ्चालक किरण पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here