बिर्तामोड ।

झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २१औं बार्षिक साधारणसभाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
संस्थाले आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/०७८ सम्ममा ३९ हजार ८ सय ६९ जना शेयर सदस्य र चुक्ता शेयरपँुजी ३५ करोड ८४ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै बचत एक अर्व ५१ करोड १६ लाख २० हजार ३७६, जगेडा तथा अन्यकोषहरुमा १५ करोड ४८ लाख ३३ हजार ९७ रुपैयाँ ४६ पैसा, कर्जा सुरक्षण कोष ५ करोड १२ लाख ७ हजार ५९१ रुपैयाँ ३ पैसा, ३ अर्व ४१ करोड २ लाख १९ हजार ३५१ गरी खुद नाफा ९ करोड ५७ लाख ४६ हजार ६८७ रुपैयाँ गर्न सफल भएको छ ।
कार्यक्षेत्र झापा, मोरङ र इलाममा गरी मुख्य कार्यालयसहित ३७ वटा सेवा केन्द्रबाट कारोवार भइरहेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिए ।
एक हजार ५ सय ४१ जना निस्कृय सदस्य रहेको र तिनीहरुलाई यस साधारणसभामा समावेश नगराइने साथै उनीहरुलाई संस्थाको प्रक्रिया पूरा नगरे हटाइने संस्थाले जनाएको छ । आव असार मसान्तसम्म २ सय २९ जना कर्मचारी रहेको संस्थामा हाल २ सय ८९ जना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संस्थाले १४ स्थानमा एकाईगत साधारणसभा गर्ने र त्यहाँबाट प्रतिनिधि छनौट गरी पुस २५ गते प्रमाणित साधारणसभा सम्पन्न गर्ने जनाएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, संस्थाका अनुगमन उपसमिति सदस्य गणेशप्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोलगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य गुञ्जन थापाले गरेका थिए ।































