पथरीशनिश्चरे,

मोरङ्गको उर्लाबारी नगरपालिकामा दिगो रूपले गाई पालन व्यवसाय सम्वन्धि कार्यक्रमको बैठक सम्पन्न भएको छ ।
उप-प्रमुख लक्ष्मीदेवी भण्डारीको कार्यकक्षमा आज २८ गते मंगलबार बसेको बैठकले नगरमा रहेका ५ वटा समूहको प्रगति विवरण प्रस्तुत गरिएको थियो।
उक्त अवसरमा गाई प्रबर्द्धन कार्यक्रममा सहभागी हुने कृषक सदस्यहरूले कम्तीमा ३ देखि ५ बर्षसम्म गाई पालन व्यवसाय निरन्तर रूपमा गरिरहनु पर्ने निष्कर्ष निकालिएको छ ।
सो नगरिएको पाइएमा कार्यक्रमबाट हटाइने र कृषि प्रबर्द्धन कार्यलाई अझ प्रभावकारी तुल्याउन आवश्यक विनियम समेत बनाइने निर्णय गरेको छ ।






























