देवान परिवारद्वारा अरुणोदयमा दुई लाख बराबरको अक्षयकोष स्थापना

0
516

अर्जुनधारा ।

विद्यालय स्थापनाको ५४ वर्षपछी झापाको अर्जुनधारा–७स्थित अरुणोदय आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थी हाल काठमाण्डौं महानगरपालिका–३१ निवासी सामाजिक व्यक्तित्व विजय देवानका परिवारले उक्त विद्यालयमा दुई लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराइलीको अध्यक्षता र अर्जुनधारा–७ वडा समितिका अध्यक्ष नवराम ढुंगाना ‘नविन’को प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रममा अक्षयकोषका दाता परिवारकोतर्फबाट विजय देवानले उक्त रकम बराबरको चेक प्रधानाध्यापक उमादेवी खनाललाई हस्तान्तरण गरेका थिए ।

‘इन्द्रजीत+शशी देवान अक्षयकोष–२०७८’ नामकरण गरिएको उक्त अक्षयकोषबाट प्राप्त ब्याजको रकम प्रत्येक वर्ष अनुशासित, जेहेन्दार एवम् विपन्न विद्यार्थीहरु छनौट गरी प्रदान गरिने समितिका अध्यक्ष बराइलीले जानकारी दिए ।

सोही कार्यक्रममा दाता परिवारका सदस्यद्वय विजय देवान र सचिन देवानलाई विद्यालयकोतर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ढुंगाना, स्थानीय खेमबहादुर बुढाथोकीलगायतले दाताहरुको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

समितिका अध्यक्ष बराइलीले कार्यक्रमको औचित्य र प्रधानाध्यापक खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षिका इन्दुश्री निरौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here