नेपाल राष्ट्रिय धामी वैद्य संघको सामूहिक गुरुपूजा सम्पन्न

0
689

अर्जुनधारा,  उधौली पर्व, धान्य पूर्णिमा एवम् दक्षिणायानको अवसरमा नेपाल राष्ट्रिय धामी वैद्य संघ केन्द्रीय समितिको आयोजनामा मंगलबार सामूहिक गुरुपूजा सम्पन्न भएको छ ।
अर्जुनधारा–७स्थित जरुवा बस्तीमा आयोजित कार्यक्रममा सहभागी झापा र मोरङका ३० जना बढी धामीले सात बहिनी महारानीको पूजा, ३६से माङमा, सिमेभूमे, नागनगिनी र खोलानालाको धामी विधिबाट पूजाअर्चना गर्दै उक्त गुरुपूजा सम्पन्न भएको समितिका सचिव रोशन भेटवालले जानकारी दिए ।


सोही गुरुपूजाको अवसरमा अर्जुनधारा नगरपालिकाका सबइञ्जिनियर प्रदीपकुमार पुरीले समितिलाई पितृहरुको स्मृतिमा निःशुल्क दुई कठ्ठा जग्गा प्रदान गर्ने घोषणा गर्दै नगद पाँच हजार एक सय रुपैयाँ हस्तान्तरण गरेका थिए ।
समितिका अध्यक्ष सीताराम पुरीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जग्गादाता पुरीसँगै सहभागि धामीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
समितिका सचिव भेटवालले कार्यक्रमको औचित्य र उपाध्यक्ष अनिता आङदेम्बेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन उर्मिला दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here