झापा ।

झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको तीन बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।
घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा उनको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागि लाईफ–लाईन अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनासमबन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































