
नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु मध्ये रमाइलो र रङ्गीन पर्व फागु महोत्सवको तर्पmबाट सम्पूर्ण आदरणीय पाठक मित्रहरुमा हार्दिक मङ्गलमय शुभकामना !
फागु, होली, फगुवा, फागु पूर्णे लगायतका बिभिन्न नामबाट यस पर्वबारे परिचय लिनसकिन्छ । जसरी सम्बोधन गरिए पनि परापूर्वकालदेखि मनाउँदै आएको यो रङ्गीन पर्वले जाडोको समयमा चिसोले कठ्यांग्रिएको शरीरलाई न्यानो पार्दै, बसन्त ऋतु आगमनको स्वागततर्पm उन्मुख गराउँछ । जताततै ढकमक्क पूmल फुलाउँछ, वरिपरिको वातावरण स्वच्छ हरियाली र मनमोहक गराउँछ, बर्ष दिनपछि आएको ‘होलीपर्व’ले हामीबीचमा एकअर्कालाई मस्ती र रमाइलोको शिलशिलाबाट जोड्छ र हर्षित गराउँछ ।
दिपावलीमा देउसी लगायतको रमाइलो भैंm फागु महोत्सवमा घर–घरैबाट व्यक्तिलाई बाहिर आँगनमा निकालेर बाल्टीका बाल्टी रङ्गपानी खन्याउँदै, सारा शरीर भिजाउँदै खेलिएको होलीको रमाइलोपन यो पंक्तिकारले पनि बाल्यकालमा खुब देखेको थियो । त्यो मनोरञ्जनात्मक शैली मेरो मानसपटलमा अहिले पनि ताजा छ । त्यसबेला निकै चहलपहल भएका शहरहरुमध्ये मुख्यरुपमा झापाका भद्रपुर र शनिश्चरेमा अनि भक्तपुर र काठमाडौंमा भिषण रुपले फगुवा खेलिन्थ्यो । केही बर्षअघिसम्म पनि काम बिशेषले सडकमा हिँड्दै गरेका अपरिचित वा महिलाहरुलाई जिउमै पर्नेगरी जबरजस्ती अबीर, लोला हान्ने, फ्याक्ने गरिएको भए पनि आजकाल खेल्न नचाहने बटुवाहरुलाई रङ्ग हाल्न कानूनी रुपबाटै बन्देज गरिएको छ ।
फागु महोत्सवमा प्रयोग गरिने रङ्गहरु जथाभावीका नभएर विशेष महत्वका छन् । जस अनुसार शान्तिको द्योतक नीलो रंग, जसले मानवताको धैर्यतालाई दर्शाउँछ, पहेँलो रंग भगवान श्रीकृष्णको प्रिय भएकाले विशेष महत्वको मानिन्छ । सौभाग्यको सूचक ठहरिएको रातो रङ्गको प्रयोग अन्य रङ्गको तुलनामा आजकाल अलिक व्यापक छ । उपत्यका लगायतका पहाडी जिल्लाहरुमा अघिल्लो दिन अनि तराईमा भोलिपल्ट मनाउने गरिएकाले त्यसरी नै सार्वजनिक विदाको पनि व्यवस्था छ ।

जोगिरा सरररररर… कुन तालमे ढोलक नाचे कुनताल मजीरा कुनतालमे नटुवा नाचे कुनताल नजारा, के बोलो सारारारारा… के बोलो सारारारारा… जोगिरा सारारारा…।
तराई भागमा भाइरल बनेको यस गीतलाई होली पर्वका अवसरमा प्रायः जताततै गाइने गरिन्छ । जोगिरा भन्नाले सामान्य अर्थमा जोगीको रुपमा लिइन्छ । जसलाई पारिवारिक मायामोह लेनादेनाले अल्झाउँदैन, साधु–बिन्दास, निस्फिक्री तवरको र फुर्सदिलो मानिसको रुपमा बुझ्न सकिन्छ ।
कञ्चन बनमे राम खेले होली… भन्दै गाइने गीतले भगवान राम समेत कञ्चन वनमा होली खेल्न आउने गर्थे, भन्ने किम्वदन्तीलाई जोडेको देखिन्छ ।
विशेषरुपमा आज मालपुवा, तरुवा बगरुवा, माछा–मासु अनि सस्र्यूको दाना, तील वा आलस र अदुवा हालेर बनाएको छोपको अचार अनि बिभिन्न मिठाईहरुको आकर्षण र महत्व दमदार रहेको ठानिन्छ । आज जीऊमा तेल लगाउने र आँपको मुजुरा खाने चलन पनि छ, जीउमा तेल लगाउँदा छालामा रङ्ग नटासिने र मजुरा खाएमा सबै मुजुरामा टिकुला बन्ने, आँप सप्रने र धेरै फल्ने जनविश्वास छ । पश्चिम तराईतिर माटो जीउमा दलेपछि होलीको प्रारम्भ भएको मानिन्छ । यस वर्ष प्रायः सबैतिर ‘कोरोना भाइरस’ कम हुँदै गएको देखिएकाले फागुमहोत्सवको रौनकतामा केही सुधार हुने अनुमान गरिएको छ ।
फागु महोत्सव सम्बन्धमा त्रेतायुगीन प्रसङ्गमा उल्लेख भए अनुसार दैत्यराज हिरण्यकशिपुका पुत्र युवराज प्रल्हाद नित्य भगवान विष्णुको नाम जप्ने गर्दथे । राक्षसराज हिरण्यकशिपु आपैंm भगवान भएको घमण्ड राख्ने प्रवृत्तिभित्रका भएकाले मनपर्ने कुरै भएन, त्यसैले धेरै पटक छोरालाई सम्झाई–बुझाई गरे । जतिसुकै सम्झाए–बुझाए पनि भगवानको नाम जप्न नछाडेकाले, आक्रोशित भएर बहिनी होलिकासँग आगोमा नडढ्ने शक्ति भएकोले प्रल्हादलाई बोकेर आगोमा बस्ने आदेश दिए । होलिकाले पनि आपूmसँग आगोले डढाउन नसक्ने शक्ति प्राप्त रहेकाले प्रल्हादलाई काखमा लिएर बलेको आगोमा पसिन् । दन्दन् बलेको आगोले बालक प्रल्हादलाई केही गरेन, होलिका चाहिँ डढेर मरिन् । पापवृत्तिकी प्रतिक होलिकाको मृत्यु भएपछि उसकै नामबाट असत्यको मृत्यु भएको खुशियालीमा ‘होली’ खेल्ने प्रथाको थालनी भएको मानिन्छ ।
नारद पुराण र भविष्य पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी बिशाल शरस्रकी राक्षसी पुतनालाई पनि आजकै दिन भगवान श्रीकृष्णले बध गरेकोले गोपालबासीहरुले अत्यन्त रमाएर हर्कबढाईं गर्दै, उत्सव मनाउँदै यो खुशियालीमा ‘होली’ खेल्ने प्रथाको थालनी गरेको मानिन्छ । ध्यानमग्न बसिरहेका महादेवको तप बिथोलेर ब्यूँझाउँन खोज्दा अकस्मात उनको तेश्रो नेत्र खुलेर कामदेव भष्म भएको कथा पनि यसै प्रकरणसँग जोडिएर आएको छ ।
फागु महोत्सव सम्बन्धमा द्वापरयुगीन समयका बिषयमा रङ्गी–चङ्गी ध्वजापताकाहरु झुण्ड्याइएको प्रसङ्ग आउँछ । जसमा भगवान श्रीकृष्णसँग वस्त्रहरण लीला यसरी जोडिएको पाइन्छ– एकदिन गोपिनीहरु जमुना नदी किनारमा आफ्ना सबै लुगा फुकालेर राखी नुहाउँदै थिए । भगवान श्रीकृष्ण त्यसैबेला घुम्दै आउँदा त्यहाँ नदी किनारमा लुगा देखेर गोपिनीहरु नुहाउन लागेको थाह पाई सबै बटुलेर ध्वजापताका भैंm रुखमा जताततै झुण्ड्याई सुमधुर भाकामा बाँसुरी बजाउन थाले छन्, एकधुनमा नुहाइरहेका गोपिनीहरुलाई बाँसुरीको धुनले झस्कायो र हतार–हतार अघि राखेका ठाउँमा लुगा खोज्दा ध्वजापताका भैंm रुखमा झुण्ड्याएको देखेर यो सबै भगवान श्रीकृष्णकै खेल हो भन्ने बुझेर लाजले भुतुक्कै हुँदै श्रीकृष्णलाई अनुनय–विनय गर्न थाले । श्रीकृष्णले गोपिनीहरुलाई अबदेखि नुहाउँदा केही वस्त्र लगाएरै नुहाउन अर्ति उपदेश दिँदै लुगा फिर्ता गरेको भन्ने प्रसङ्ग आउँछ ।
राजधानी काठमाडौंको बसन्तपुर गद्दी बैठक दरबार अगाडिको प्राङ्गणमा फाल्गुन शुक्ल अष्टमीका दिन अग्लो तीनछत्र भएको फागु महोत्सव प्रतिक ‘चीर’ गाडिन्छ र रंगीबिरंगी कपडाहरु ध्वजापताकाका रुपमा वरिपरि जताततै झुण्ड्याइन्छ । त्यसपछि फागु गीत गाउँदै, रङ्ग छर्किदै, पूजा गर्दे अनुहार र जीउमा अबिर र रंगले भरिएको पिच्कारीबाट लोला हान्दै, दल्दै धुमधामले फागु महोत्सव मनाउने प्रक्रियाको थालनी गरिन्छ । त्यसपछि फगुवाको अन्तिम दिनमा विधिपूर्वक भुण्ड्याइएका पताकाहरुलाई भेला भएका सबैले हारालुछ गर्दै हात पार्न बल गर्छन् । किनकि पताकाहरुमा औषधीय गुण र शक्ति रहेको जनविश्वास पाइन्छ । यतिबेला खेलिएको भीषण होलीमा उडेको रङ्ग र अबिरले वातावरण नै रंगीन बनाउँछ । यसपछि बाजा बजाउँदै, गीत गाउँदै चीरलाई टुँडीखेलमा लगेर पोलिन्छ र फागू पर्व विदाइ भएको मानिन्छ ।
असिम जनआस्था भएको फागू पर्वभित्रका दृष्टान्तहरुको सारबाट बुझ्न सकिन्छ कि कोही जतिसुकै बलशाली र शक्तिशाली भए पनि आखिर बिजय सत्यको नै हुने रहेछ । ब्रम्हाजीबाट वरदान पाएकी होलीकाले अबोध बालकलाई डढाउन काखमा राखी आगोमा पस्दा अपराधपूर्ण विचार कै कारण परिस्थिति उल्टियो र बालक प्रल्हाद जोगिए अनि होलीका चाहिँ मरिन् । यहाँ सत्यको अगाडि शक्ति र बल निरीह भएको छ । सत्यको बिजय र असत्यको मृत्यु भएको छ– ‘सत्य डग्दैन, असत्य टिक्दैन’ भनाई चरितार्थ भएको छ । होलीका शक्तिशाली भए पनि असत्यको मार्ग अनुशरण गरेकीले जीवन निरर्थक, आलोचनात्मक र व्यर्थ भयो । भक्त प्रल्हाद सत्यमा रहँदा जीवनमा केही पीडा व्यहोर्नु परे पनि अजर–अमर बने ।
यसरी रङ्गीन–पर्व फागु महोत्सवको निचोडले स्पष्ट देखायो, ढिलो भए पनि आखिर बिजय सत्यको नै हुने रहेछ, सत्यलाई आत्मसात गरौं ! जीवन धन्य बनाऔं ! अनुशासित र मर्यादित भएर रमाइलो गर्दै रङ्ग खेलौं ! फागूपर्व मनाऔं !


























