गजल

0
631

जव विस्तारै यादको सफर दुर्गम भै दिन्छ
उसैको भुमिका जीवनमा अहम भै दिन्छ

पुर्पुरोमा नै लेखिनु पर्छ भन्या हो रहेछ
अनुकुल परिस्थिति पनि विषम भै दिन्छ

कि मन नहोस बरु कि आँशु नझरोस
यसरी त कुन दिन माया एटम भै दिन्छ

न साथ छ न सहयोग छ छन त जीवनमा
तर पनि झझल्को मिलनको माध्यम भै दिन्छ

रगतको नाता सम्बन्ध पनि यसरी तोडिन्छ
क्षणिक लालचमा आफ्नै कोख अधम भै दिन्छ

बिर्तामोड-३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here