कनकाई बौद्धिक समाजको नेतृत्व चयन

0
675

सुरुङ्गा ।

कनकाई नगर क्षेत्रका वामपन्थी बौद्धिकहरूको साझा संगठन कनकाई बौद्धिक समाजको नयाँ नेतृत्व चयन गरिएको छ ।

२०७२ सालमा स्थापित सो समाजको संस्थापक अध्यक्ष हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा ९ सदस्यीय समिति बनेको हो । समितिको उपाध्यक्षमा अम्बिका उप्रेती, सचिवमा टीकाप्रसाद लामिछाने, सहसचिवमा चन्द्रप्रसाद पोखरेल र कोषाध्यक्षमा कर्णबहादुर डाँगी रहेका छन् । सदस्यहरूमा तीर्थराज खरेल, दिलिपकुमार खतिवडा, हिरण्यकुमार सुवेदी र ब्रम्हलाल उप्रेती चयन भएका छन् ।

नेकपा एमाले प्रदेश समिति सदस्य एवम् झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य, एमाले नेताद्वय गोविन्दप्रसाद पौडेल र कोमलप्रसाद पन्तको आतिथ्य रहेको कार्यक्रममा अध्यक्ष तिम्सिनाद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष कर्णबहादुर डाँगीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक लीलाप्रसाद उप्रेतीद्वारा प्रस्तुत आन्तरिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here