नयाँ दिल्ली । 
भारतको ई–पेमेन्ट प्रणाली ‘रुपे’लाई सञ्चालन गर्ने नेपाल–भारत विच शनिबार भएको सम्झौता पछि रुपे कार्ड लागू गर्ने विश्वको चौथो देश नेपाल बनेको छ ।
‘रुपे’ कार्ड भएका अन्य तीन देश भुटान, सिंगापुर र संयुक्त अरब इमिरेट्स हो ।
भारतको विदेश मन्त्रालयले नेपालमा यो कार्डको सुरुवातले वित्तीय कनेक्टिभिटीमा सहयोगका लागि नयाँ आयाम खोल्ने र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताएको छ ।































