पूर्व राजा ज्ञानेन्द्रको ‘व्यक्ति चित्र’ तयार पार्ने प्रियङ्क को हुन् ?

0
762

झापा, झापाको बिर्तामोड निवासी प्रियङ्का शर्माले पूर्व राजा ज्ञानेन्द्र साहा र पूर्व रानी कोमल साहाको ‘व्यक्ति चित्र’ तयार गर्दै हस्तान्तरण गरेकी छिन् । उनले होटल मेची क्राउनमा पुगेर पूर्व राजा रानीको व्यक्ति चित्र प्रदान गरेकी हुन् । होटलको आग्रहमा उनले ज्ञानेन्द्र र कोमलको ‘व्यक्ति चित्र’ तयार पारेकी हुन् ।
बिर्तामोडस्थित मारवाडी युवती मञ्चकी पूर्व अध्यक्ष समेत रहेकी चित्रकार प्रियङ्का सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । उनी विभिन्न संघ संस्था र क्लवमा आवद्ध रहेर समाजसेवा गरिरहेकी छिन्।
बिर्तामोड ४ स्थायी घर भएकी प्रियङ्का सन्तोष शर्माकी छोरी हुन् । सानैदेखि चित्र कोर्न रुचाउने उनले सिक्किम मनिपाल युनिर्भसिटीवाट एमवीए गरेकी छिन् ।


हाल उनी पेन्टिङ पेशामा आवद्ध छिन् । पिकासु आर्ट ग्यालेरीको सञ्चालक समेत रहेकी उनी सन् १९९१ मा जन्मिएकी हुन् ।
सानैदेखि आर्ट बनाउन मन पराउने उनले मनिपाल युनिर्भरसिटीमा अध्ययनरत रहँदा देखी नै आर्टलाई पेशामा परिणत गरेकी थिइन् । सन् २०१६ मा क्यान्भासमा उनको आर्ट प्रर्दशनमा राखिएको थियो । उनले पहिले आर्ट राधा कृष्णको रहेका छ ।
पियङ्काले पूर्व राजा ज्ञानेन्द्र र कोमल साहाको ‘व्यक्ति चित्र’ एक सातामा नै तयार गरेकी थिइन् । पूर्व राजा रानीको आर्ट तयार गरेर हस्तान्तरण गरेसंगै उनको चर्चा मारवाडी समुदायमा मात्र होइन सर्वत्र चुलिएको छ ।
केही समयदेखि पूर्व राजा झापमा बस्दै आएका छन् । उनीले नयाँ वर्ष २०७९ बिर्तामोडस्थित होटल किङ्सवेरीमा मनाएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here