निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै कर्मचारी एक ढिक्का रहने

0
636

झापा, एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आशन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँदलीरहित रुपमा सम्पन्न गराउन संगठनका सम्पूर्ण सदस्यहरु एक ढिक्का रहने जनाएको छ ।
भक्तपूरमा भएको संगठनको राष्ट्रिय अधिवेशन आयोजक समितिको दोस्रो वैठकले यो सहित विभिन्न ३१ वटा निर्णय समेत गरेको छ । आसन्न निर्वाचनमा खटिने कर्मचारीहरुको उचित सुरक्षाका साथै मृत्यु भएमा ४० लाख रुपैयाँ वरावरको विमा र दुर्घटनामा परी उपचार गर्नु पर्ने भएमा निःशुल्क उपचार गरिनु पर्ने माग गरिएको छ । भष्ट्रचारजन्य कार्यलाई निरुत्साहित पार्दै सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी सबैमा सदाचारको व्यवहार सम्पूर्ण रुपमा संगठनहरुमा आह्रवान गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन अविलम्व घोषणा गर्न र निर्वाचन नहुँदासम्म तत्काल कायम रहेको कमिटीमा कुनै थपघट नगरी आधिकारिक ट्रेड युनियनको अविच्छिन्नता कायम गर्न सरकारसंग माग गरिएको छ ।
संगठनका संयोजक मोहन कुमार घिमिरेको अध्यक्षतामा भएको बैठकमा पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सहित पूर्व प्रधानमन्त्री तथा पार्टीका नेता झलनाथ खनाल, महासचिव वेदुराम भूषाल, पेशागत महासंघ नेपालका पूर्व अध्यक्ष विश्वनाथ प्याकुरेल, पेशागत महासंघ नेपालका संयोजक प्रेमल कुमार खनाल, आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोलानाथ पोखरेल तथा नेपाल सरकारका सचिव सुरेश अधिकारी, डा. उमेश उपाध्याय लगायतले प्रशिक्षण दिएको महासचिव शरणकुमार गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here